खबर

वार्षिकोत्सवमा राहत वितरण

असार ६, २०७७
मेचीनगर । मेचीनगर–६ मा रहेको मिलन चोक टोल विकास संस्थाले राहत वितरण गरेको छ । उक्त संस्थाले आफ्नो दशौँ वार्षिकत्सवको अवसरमा अति विपन्न परिवारलाई राहत वितरण गरेको संस्थाका अध्यक्ष नरेन्द्रप्रकाश सिटौलाले बताए । सिटौलाका अनुसार मेचीनगर–७ मा रहेको जागृत बाल उद्धार केन्द्रलाई समेत टोल विकासले राहत वितरण गरको छ । सो उद्धार केन्द्रमा रहेका बालबालिकालाई शनिबार बेलुकीको खानाको प्रवन्ध समेत टोल विकासले गरेको सिटौलाले बताए।


आफ्नो स्थापना कालदेखिनै सामाजिक कार्यमा समेत सकृय रहेको मिलन चोक टोल विकास संस्था मेचीनगरकै उत्कृष्ट टोल विकास संस्थाको रुपमा परिचित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button