
आइतवार, अषाढ ७, २०७७
एजेन्सी – कोरोना महामारीपछि शनिबार देखि शुरु भएको इटालियन सिरी ‘ए’ मा हेलास भेरोनाले जित निकाल्दा पार्माले टोरिनोसँग बराबरी खेल्दै अंक बाँडेका छन् ।
१० खेलाडीमा समेटिएको हेलास भेरोनाले काग्लिएरीमाथि २–१ को जित निकालेको हो । घरेलु मैदानमा शनिबार राति भएको खेलमा भेरोनाको जितमा दुवै गोल स्यामुल डि कार्मिनले गोल गरे । काल्गिएरीका जियोभानी सिमिओनले एक गोल फर्काए ।
खेलको १४औं मिनेटमा डार्काे लाजोभिकको पासमा स्यामुल डि कार्मिनले गोल गर्दै भेरोनालाई शुरुवाती अग्रता दिलाए । २६औं मिनेटमा कार्मिनले नै गोल गर्दै भेरोनाको अग्रता दोब्बर पारे । कार्मिनले यसपटक भालेरियो भेरेको पासमा गोल गरेका थिए ।
३५औं मिनेटमा भेरोना १० खेलाडीमा समेटियो । फावियो बोरिनी सिधै रातो कार्ड खादै मैदानबाट बाहिएपछि भेरोनाले ५५ मिनेट १० खेलाडीमा खेल्नुपरेको थियो । ४३औं मिनेटमा जियोभानी सिमिओनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।
तर, दोस्रो हाफमा थप गोल निस्कन नसक्दा भेरोना विजयी हुन सफल भयो । जितसँगै भेरोना २६ खेलबाट ३८ अंक जोडेर सातौ स्थानमा उक्लदा काग्लिएरी ३२ अंक जोडेर १२औं स्थानमा यथावत छ ।
अर्काे खेलमा टोरिनो र पार्माले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । टोरिनोका निकोलस एनकोउलोउले गोल गर्दा पार्माका जुराज कुस्काले बराबरी गोल पर्काए । एन्ड्रिया बेलोटीले पेनाल्टी चुकाउदा टोरिनो जितबाट वञ्चित बन्यो । बराबरीसँगै पार्मा ३६ अंक जोडेर आठौं स्थानमा रहँदा टोरिनो २८ अंक जोडेर १५औं स्थानमा छ ।hamrokhelkud/from



