
ललितपुर । संसारभरि नै फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणको त्रासका कारण नेपाल हालसम्म लकडाउनको अवस्थामा छ ।

यही लकडाउनको असरले आधारभूत खाद्यान्न सामग्रीहरूको समेत अभाव देखिन थालेपछि सामाजिक गैह्र सरकारी संस्था बिनिप्रप सेवकाइ मिसन नेपालले मिति २०७७ असार ९ गते उपत्यकालाई विभिन्न स्थानमा बसोबास गर्ने अत्यन्त न्यून आयश्रोत भएका नागरिकहरु र दैनिक ज्यालादारी गर्ने ब्यक्तीहरु १०५ जना र मिति २०७७ असार १० गते संस्थाका अध्यक्ष चेत बहादुर खरेलको ५१ औं जन्मोत्सवको अवसर पारी ३० जना काठमाडौं उपत्यकामा बसोबास गर्ने अपांगता भएका ब्यक्ति, रोगीबिरामी असक्त ब्यक्ती, वृद्धबृृृदा गरि ३० जनालाई राहत वितरण गरेको छ ।

वितरण गरिएको राहतमा चामल, दाल, नुन जस्ता सामग्रीहरू रहेका थिए । आफूले नियमित रूपमा गर्दै आएका कामहरू रोकिएपछि बिहान बेलुका के खाने भन्ने समस्या भएको अवस्थामा यो राहतले केही दिनकै लागि भए पनि सहायता गर्ने भन्दै राहत प्राप्त गर्नेहरूले खुशी व्यक्त गरेका थिए ।

संस्थाका संस्थापक अध्यक्ष समाजिक अभियन्ता चेत बहादुर खरेलले यस दुःखद् घडीमा एकअर्काको सहयोगी बन्नु र आफूले सकेको सहायता गर्नु नै मानवताको धर्म भएको बताउनुभयो । उहाँले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न ब्यक्तिलाई सकेको सहयोग गर्न पाँउदा आफू निकै खुशी भएको बताउनुभयो ।



