
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेल ‘शिलु’लाई प्रहरीले आठौँ पटक पुनः गिरफ्तार गरेको छ । भोजपुर प्रहरीले भुजेललाई राज्य विरुद्धको अपराध, हातहतियार, आगजनी र संगठित अपराध गरी ४ वटा अभियोग अदालतमा पेश गरेको थियो ।
न्यायधीस गेहेन्द्रराज पन्तको इजलासले हरेक मुद्दामा ५० हजारको दरले २ लाख धरौटीमा रिहा गर्ने फैसला गरेको छ । भुजेलको तर्फबाट अधिवक्ता कला त्रिताल, विनोदकुमार तिमल्सिना, प्रकाशचन्द्र शाक्य र दिपा मुकारुङले बहस गरेका थिए । नेतृ भुजेलसँगै सुरेन्द्र थापालाई पनि सोही अनुसारको फैसला भएको छ भने मिणप्रसाद पोखरेललाई साधारण तारेखमा रिहा गर्ने फैसला गरेको हो । भुजेललाई प्रहरीले असार १० गते नै जिल्ला कारागार चलान गरेको छ ।
धरानबाट प्राप्त जानकारी अनुसार भुजेललाई संखुवासभा लैजाने प्रहरीको तयारी भइरहेको बुझिएको छ ।२०७७, १० असार ई-रातो खबर



