असार ११, २०७७
पोखरा । गण्डकी प्रदेशमा काेराेना भाइरसकाे संक्रमणबाट गए राती स्याङ्जाका एक पुरुषको मृत्यु भएकाे छ । याेसँग काेराेनाकेा संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।
बुधबारबार बेलुका ११:३५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक सह.प्रा.डा अर्जुन आचार्यले जानकारी दिएका छन् ।
असार ८ गते भर्ना भएका स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।



