
मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता तथा मेचीनगर सभापति शुशील आचार्यले आफुलाई लोकतन्त्रवादी भन्नेहरुलेनै लोकतन्त्रको धज्जी उडाएको आरोप लगाएकाछन् । झापाको हल्दीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्गदेन माथि नगर सभामा भएको हातपातको घटना र मेचीनगरपालिको नगर सभा स्थगनको विषयलाई लिएर उनले यस्तो टिप्पणी गरेका हुन् ।
चौतारी पोष्ट अनलाइनसँग कुरागर्दै आचार्यले हल्दीबारी गाउँपालिका अध्यक्ष लिङ्गदेन माथि भएको हातापतको घटना र मेचीनगरको नगरसभाको स्थगनले आफुलाई लोकतन्त्रवादी भन्नेहरुको लोकतान्त्रिक आचारण र नागरिकप्रतिको जवाफदेहितालाई उदाङ्गो पारेको आचार्यको कथन थियो । उनले मेचीनगर नगरपालिकाको नगरसभा मेचीनगरको बिकास र नागरिकप्रति दलका प्रतिनिधीको भूमिका भन्दा पनि ब्यक्तिगत स्वार्थका कारण रोकीन पुगेको उनले बताए । मेचीनगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसका प्रतिनिधी मात्र रहेका र दुबै पार्टीका प्रतिनिधीहरु आफुलाई लोकतन्त्रवादी दाबी गर्ने तर नगरसभाको स्थगनले उनीहरु नागरिकप्रति कति जिम्मेवार रहेछन् भन्ने सत्य आम मेचीनगरवासीका सामु छर्लङ्ग भएको बताए
चौतारी पोष्ट अनलाईको एक जिज्ञासामा आचार्यले कानूनत देशका सबै पालिकाहरुले असार १० गते भित्र सभा सम्पन्न गर्नु पर्ने र आर्थीक वर्षको बजेट सार्वजनिक गर्नु पर्नेमा झापाको हल्दीबारी र मेचीनगरका सभामा भएको उदण्डता र सभाको स्थगनले गाउँपलिका र नगरपालिकामा प्रतिनिधित्व गर्ने नेकपा र नेपाली काँग्रेसका जनप्रतिनिधी भन्नेहरु कति लोकतान्त्रिक आचारणलाई पछ्याउने र नागरिप्रति जवाफदेही रहेछन् भन्ने कुरा प्रष्ट भएको उनले बताए।
आचार्यले मेचीनगरको नगरसभा स्थगन हुनुको कारण वडालाई शक्तिशाली बनाउने र नगरको बिकास गर्ने भन्दा पनि दलीय र ब्यक्तिगत कारणले रोकिन पुगेको बताउँदै नगरसभाको स्थगनबाट आउने सबै समस्याको जिम्मेवार नगरमा प्रतिनिधित्व गर्ने नेकपा र नेपाली काँग्रेस हुनु पर्ने उनको जिकिर थियो ।



