मूल खबर

बिनिप्रप सेवकाइ नेपालद्धारा पत्रकाहरुलाई खाद्यान्न सामग्रीहरूको वितरण

ललितपुर । विनिप्रप सेवकाइ नेपालले २६ जना संचारकर्मीहरुलाई खाद्यन्न सामग्री वितरण गरेको छ ।
आफनो पीडालाई भूलेर कोभिड १९ को संक्रमणको त्रासको विषम अवस्थामा अग्रस्थानमा रही निरन्तर सूचना प्रवाह गरी नागरिकलाई सूसुचित गर्ने कार्य गरेकोले संचारकर्मीहरुसँगको यो पीडामा आफनो संस्थाले खुशी बाडँन खाद्यन्न सामग्री वितरण गरिएका विनिप्रप सेवकाइ नेपालका संस्थापक अध्यक्ष चेत बहादुर खरेलले बताउनुभयो ।

राहतमा चामल, दाल, नुन र साबुन लगायतका खाद्यन्न सामग्री छन् । संस्थाले अतिविपन्न वर्गहरुबाट उठाएको चर्चको भेटीले संचारकर्मीहरुलाई सहयोग गरेको अध्यक्ष खरेलले बताए । पत्रकार निर्मल अधिकारीले यो कोभिड १९ का कारण देशले एक किसिमले लकडाउन भएको बेला मिडिया हाउसहरुमा कार्यरत आम श्रमजीवि पत्रकारहरुलाई निकै आर्थिक समस्या परेकोले यस अवस्थामा संस्थाले प्रदान गरेको सहयोगले संचारकर्मीहरुलाई केही राहत पुग्ने बताउनुभयो । साथै मिडिया एड्भोकेसी फोरम नेपालका अध्यक्ष विदुर अधिकारीले यो बेला संस्थाले प्रदान गरेको खाद्यन्न सहयोगले संचारकर्मीहरुलाई निकै राहत पुगेको बताए ।

मर्सी मिशन मिडिया प्रा. लि.द्धारा संचालित रातोपाटीन्यूज डट कमले संचारकर्मीहरुलाई यो अवस्थामा साथ र सहयोग गर्नुभएको भन्दै मिडियाका संचालक पत्रकार निरोज तोलाङेले हस्ताक्षर गर्नुभएको कदर पत्र र धन्वाद ज्ञापनको पत्र विनिप्रप सेवकाइ नेपालका अध्यक्ष खरेललाई हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button