खेलकुद

बेल र हामेसको कमजोर प्रदर्शन

शुक्रबार, अषाढ १२

एजेन्सी – रियल म्याड्रिड अहिले खुसी हुनुका थुप्रै कारण छन् । बुधबार राती रियल मालोर्कालाई २–० ले हराएर ला लिगाको शीर्ष स्थानमा पुग्नु मात्र रियल खुसी हुनुको कारण होइन ।

रियलका कप्तान ला लिगाको इतिहासमा सर्वाधिक गोल गर्ने डिफेन्डर बने । त्यस्तै करिम बेन्जिमा र इडन हाजार्डबीचको समन्वय सुखद रहेको मानिन्छ । त्यस्तै भिनिसीयस जुनियरले पनि एक रुपताको प्रदर्शन गर्ने सम्भावना देखाएका छन् ।

कोभिड १९ का कारण स्थगित ला लिगा सुरु भएको केहि समय भएको छ । पुनः लिग सुरु भएपछि ४ खेल भएको छ । रियलमा अझै राम्रो हुन सक्थ्यो । तर, टोलीका गेराथ बेल र हामेस रोड्रिग्वेज भने जिनेदिन जिदानको विश्वासमा खरो उत्रन सकेका छैनन् । फ्रान्सेली प्रशिक्षकले दुवै टोलीलाई मौका नदिएका पनि हैनन् । तर उनीहरुको प्रदर्शनले विगतमा जिदानले उनका बारेमा विक्री गर्ने योजना सहि थियो भन्ने अवस्थामा पुर्याएका छन् । उनीहरु टोलीको जितमा खासै प्रभाव जमाउन सकिरहेका छैनन् ।

जिदानले मन नपराउने थाहा पाएरै वेल्सका बेलको प्रदर्शन पनि कमजोर हुँदै गइरहेको छ । उनी टोलीका सर्वाधिक आम्दानी खेलाडी हुन् । जिदानले बेललाई मालोर्काविरुद्धको खेलमा मौका दिएका थिए । तर, उनी कमै मात्र खेलमा देखिए । अपेक्षा गरेभन्दा उनको प्रदर्शन कमजोर रह्यो ।

पछिल्लो खेलसम्म हेर्दा बेलले यो सिजन २० खेल खेले । त्यसमा उनले १३ गोलमा पहिलो रोजाईमा खेलका छन् । उनले गरेको गोल हेर्दा निकै निराशजनक छ । उनले यसबीचमा ३ गोल गरेका छन् । त्यसमध्ये पनि २ गोल भिल्लारियलविरुद्धको एकै खेलमा गरेका थिए । क्रिस्टियानो रोनाल्डोको उत्तराधिकारीका रुपमा हेरिएका बेलले मात्र २ गोलमा एसिस्ट गरेका थिए ।

हामेसको पनि अवस्था बेलको भन्दा धेरै फरक छैन । तर कोलम्बियन मिडफिल्डरलाई जिदानले रियल सोसिडाडविरुद्ध पहिलो रोजाईमा उतारेका थिए । तर उनी ढिला, खेलमा प्रभावहिन देखिए । बायाँ खुट्टाका लागि जुन परिचय उनले विगतमा बताएका थिए, त्यो खेलमा त्यस्तो कुनै छनक देखिएन ।

सन् २०१४/१५ मा रियलमा आफ्नो पहिलो सिजनना उनले १७ गोल गर्नुका साथै १८ एसिस्ट गरेका थिए । तर पछिल्लो समय उनीबाट त्यस्तो अपेक्षा नै गर्न छाडिएको छ । यो सिजन १४ खेलमा उनले १ गोल गर्नुका साथै २ गोलमा एसिस्ट गरेका थिए । त्यसमाथि २८ वर्षे उनी एट्लेटिको म्याड्रिड जाने चर्चाले पनि रियलको ड्रेसिङ रुममा असहज बन्दै गएका छन् ।

मालोर्काविरुद्ध उनले खेल्ने मौका पाएनन् । सिजनको अन्त्यतिर जिदान बढी भन्दा बढी खेललाडीलाई मौका दिन चाहि रहेका छन् । ला लिगाका साथै च्याम्पियन्स लिग पनि खेल्नु पर्ने र खेलाडीले पर्याप्त आराम पाउने सम्भावना नभएकाले पनि उनले धेरै खेलाडीलाई प्रयोग गर्न चाहिरहेका छन् ।

त्यसैले पनि हामेसले सोसीडाड र बेलले मालोर्काविरुद्ध पहिलो रोजाईमा मौका पाएका थिए । तर दुवैले निराश बनाए । जसले गर्दा अर्को सिजन क्लबमा उनीहरुको भविष्य अनिश्चित प्राय छ । अहिले सम्मको प्रदर्शन हेर्दा जिदानले अघिल्लो वर्ष उनीहरुका बारेमा सोचेको योजना नै सहि भन्ने अवस्था देखिदैछ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button