खबर

वर्षाको पानीले चल्नसक्छ सहरी जीवन

असार १३, २०७७

काठमाडौं – मनसुन सुरु भएसँगै पानीको अभाव टार्न त्यसको सञ्चय गर्ने अवसर पनि यति बेला नै हो भन्नेमा तपाईंले हेक्का पु¥याउनुभएको छ? अनि घरको छानोबाट झर्ने पानी सङ्कलन गरी रिजर्भ ट्याङ्कीमा भर्ने बेला सुरु भएको छ ।

वर्षाको पानी सही तरिकाले सदुपयोग गर्न सक्ने हो भने घरका सबै काममा उपयोग गरेर पानीको सङ्कट टार्न सकिने अध्ययनबाट देखिएको छ। यस विषयमा स्थानीय तहले पनि व्यावहारिक नीति बनाउन थालेका छन् ।

विशेष गरी सहरी क्षेत्रमा पानीको सधैँ हाहाकार हुन्छ । यस्तो अवस्थामा आकाशे पानी सङ्कलन गरी पानीको अभाव टार्ने उपाय हो भन्छन्, गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य ।

राजधानीका बासिन्दाले मेलम्चीको पानी चलाउने सपना देखेको करिब दुई दशकभन्दा बढी भयो । त्यो सपना अझै धकेलिने स्थिति छ । यस्तो बेलामा आकाशे पानी सङ्कलन र पुनर्भरण कार्यलाई विशेष जोड दिन सके पानीको अभाव आफ्नै सुझबुझले हटाउन सकिने उनको दाबी छ ।  गोरखापत्र दैनिकमा शिवा तामाङले लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button