१३ असार २०७७
ललितपुर ।
आज थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।
पछिल्लो प्राप्त जानकारी अनुसार अहिले सम्म कुल २ लाख १० हजार ८७६ नमुनाको पीसीआर टेष्ट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



