मूल खबर

मलाई प्रधानमन्त्रीबाट हटाउने सपना नदेखे हुन्छः प्रधानमन्त्री ओली

१४ असार २०७७

न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्रीबाट हटाउने सपना नदेख्न चेतावनी दिनुभएको छ ।

उहाँले अतिक्रमित नेपाली भूमिसहितको नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न छिमेकी मित्रराष्ट्र भारतलाई सचेत गराउनुभएको हो ।
जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाउनका लागि नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के–के भइरहेको जानकारी रहेको बताउनुभयो ।
यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ,’ उहाँले भन्नुभयो ।
हटाउन कोशिस गर्नेलाई गर्न दिऔं, कसैले हतार नगरे हुन्छ । मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन । यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न । आजका लागि होइन भोलिका लागि । आफ्ना लागि होइन देशका लागि, उहाँले भन्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button