
१८ असार २०७७
इटहरी ,
गुन्जन शर्मा मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर आगाडी बढ्दै गरेको एउटा नाम हो ्र उनी इटहरी २ आपगाछीमा बसोबास गर्छिन् भने उनको अध्ययन स्नातक तह कस्तुरी कलेजमा रहेको छ ।
सानै उमेर देखि समाजलाई उत्प्रेरणा हैन रुपान्तरणको आवश्यक छ भन्ने बुझेकी शर्माले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटो सुट गरी सकेकी छिन् । उनका अनुसार आफ्नी आमा रिनु शर्माको गायक सुन्दै हुर्किएको हुदा कलाले समाज रुपान्तरण महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्ने उनको बुझाईसँगै कला क्षेत्रमा लाग्ने रुची जागेको गुन्जनको कथन रहेको छ।

इटहरीको एरिना टेलिभिजनमा एसएमएस जोन नामक कार्यक्रम मार्फत लोकप्रियता कमाएकी गुन्जन शर्मा अहिले अध्ययनमा एकचित्तभएर लागेकी छन्। शर्माका अनुसार जीवनले ब्रेक माग्छ र अहिलेको समय प्रतिस्पर्धाको मात्रै नभएर आफ्नो पहिचान बनाउने रहेको हुदा फरक पहिचानका लागि महत्वपूर्ण रहेको हुदा अहिले औपचारिक तथा मोडलिङ फिल्डका अनौपचारिक पुस्तक पढ्दै भविष्यका लागि तयारी अवस्थामा रहेको जानकारी गराउदै शर्माले अब आउने दिनमा समाज रुपान्तरणका लागि फरक कार्यक्रम तथा योजना लिएर कला मार्फत जिवनलाई प्रस्तुत गर्ने जनाइन्।
आफ्नी आमा तथा भाईको सकारात्मक सहयोग तथा गुन्जन शर्माको आत्मविश्वासले समाज रुपान्तरणको सपना सकार हुने र सपनाको नजिक रहेको देख्न अहिलेका फोटोसूटमा देखिने उन्को प्रोफेसनल पोजले प्रष्ट पार्छ भनी फरक पहिचान र कलाले जुनसुकै स्थानमा पनि नाम कमाउन सक्ने उन्को विश्वास छ ।



