
२३ असार,२०७७
ललितपुर । ग्रामिण सडक निमार्णमा अनियमिता भएपछि धादिङ् गजुरी गाउँपालिका ६ का स्थानिय नागरिकले गुनासो गरेकाछन् । स्थानिय दिपक रेग्मीले दिएको जानकारी अनुसार गजुरी गाउँपालिका वडा नं ६ स्थित भल्टार सडक मर्मत शीर्षकको सडक निमार्ण समितिका नाममा शीर्षकमा उल्लेख भए अनुसारको सडक निमार्णको काम नभएकाले सरोकारवालाहरुले गुनासो राख्नु परेको रेग्मीले बताए । उनका अनुसार निमार्ण हुनु पर्ने सडक क्षेत्र आदमघाट देखि माथि गौरी भज्याङ् हुदै कुहिनेटार सम्म निमार्ण गरिनु पर्ने सडक उपभोक्ता समितिका अध्यक्षले आफ्नो घर तर्फ जाने बाटो बनाएको रेग्मीको आरोप रहेको छ।
चौतारी पोष्ट अनलाइनलाई रेग्मीले लिखित रुपमा दिएको जानकारी अनुसार नियमानुसार बनाउनु पर्ने तोकीएको बाटो पुरा नगरि समितिका अध्यक्ष अर्जुन अर्यालले आफ्नो घर जाने बाटो निमार्ण गरेको उनले बताए । बजेट सकिएको भन्दै समितिका अध्यक्षले काम बन्द गराएको रेग्मीको गुनासो रहेको छ । उता सम्बन्धित गाउँपालिकाले असार २० गते भित्र काम पुरा गरि सडक निमार्ण गर्दा लागेको खर्च बुझाउनु भनेकोमा समितिका अध्यक्षले बजेट नभएको बताएर काम सकिएको जानकारी गराएको रेग्मीले बताएकाछन् ।



