
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरापलिका–६ र ८ को जबमु–मानेश्वाराँमा पहिरो जाँदा कम्तिमा दुईजनाको ज्यान गएको छ । पहिराेले करिब १४ घर बगाउँदा १९ जना बेपत्ता भएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिएका छन् ।
घटनास्थलमा प्रहरी पुग्ने क्रममा रहेको छ । एक बच्चा र एक वयश्कको शव भेटिएको जनाइएको छ । बेपत्ताको खोजीका लागि प्रयास भइरहे पनि भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको जनाइएको छ । बुधबार मध्यरातमा गाउँमाथिबाट पहिरो खस्दा घरहरु बगाएको हो।
तस्बिर सौजन्यः दिनेश थापा



