खबर

दमकको सरस्वती माविमा प्रधानाध्यापकलाइ काेठा बाहिर निकालेर तालाबन्दी

२५ असार २०७७
दमक/ झापाको दमक स्थित सरस्वती माध्यमिक विद्यालयको प्रधानाध्यापक कक्षमा नेपाल विद्यार्थी संघ झापाले तालाबन्दी गरेको छ ।

बिहीबार संघका जिल्ला नेतासहितको समुहले दमक–९ स्थित सरस्वती माध्यमिक विद्यालयको निमित्त प्रधानाध्यापक नरबहादुर थापालाई कक्ष बाहिर निकालेर तालाबन्दी गरेको हो ।

गत माघ ५ गतेदेखि सो विद्यालयमा तत्कालीन प्रधानाध्यापक गणेशकुमार पौडेलले राजिनामा दिएपछि रिक्त रहेको ठाउँमा राजनीतिकरण गर्दै निमित्त प्रधानाध्यापक तोकिएपछि सरोकारवालाहरुले आपत्ती जनाउँदै आएका थिए ।

शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ को परिच्छेद १७ नियम ९३ को उपनियम १२ बमोजिम विद्यालयमा कार्यरत ज्येष्ठ शिक्षकलाई प्रअको जिम्मेवारी दिनुपर्नेमा सो व्यवस्थालाई कुल्चिदैं व्यवस्थापन समितिले नरबहादुर थापालाई निमित्त प्रअको जिम्मेवारी दिएको भन्दै असन्तुष्टि बाहिर आईरहेको हो ।

केही दिन अघि नेपाली कांग्रेस नगर समितिले सो बिषय लगायत समग्र शैक्षिक सरोकारका बिषयमा ध्यानाकर्षण गराउँदै नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएको थियो ।

सो बिषयमा नगर शिक्षा समितिले सुनुवाई नगरेका कारण बाध्य भएर आफूहरुले तालाबन्दी गर्नुपरेको नेविसंघ झापाका उपसभापति भवानी काफ्लेले जानकारी दिनुभयो ।

तालाबन्दी गर्न उपसभापति काफ्लेसहित कोषाध्यक्ष नवराज ढकाल, जिल्ला सदस्यहरु सहदेव भट्टराई, नवराज न्यौपाने, मणि लिम्बु, आशिष लिम्बु, धिरज श्रेष्ठ, दमक क्याम्पस इकाई सभापति द्रोण दाहाल, विद्यार्थी नेता महेन्द्र भट्टराई लगायतको समुह बिहान ११ बजे विद्यालय पुगेको थियो ।purbasandeshdaily/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button