कमल मिश्र
नेपाली भुमि लिपु लेक लिम्पियाधुरा र कालापानी लाई समेटेर नक्शा जारी गर्न के, पी, ओली लाई सचिवालय को वैठकमा दवाव दिएर निर्णय गराउँदा पनि आनाकानी गर्ने अनि अहिले वामदेव गौतम, झलनाथ खनाल, माधव नेपाल, प्रचण्ड र नारायण काजी श्रेष्ठ को प्रस्ताव र निर्णय अनुसार वल्ल वल्ल नक्शा नक्शा जारी गर्ने नेपाल सरकार का वर्तमान प्रधानमन्त्री के पी ओली ले जस चाहिं एक्लै लिएर राष्ट्रवाद को पगरी आफुमात्र भिर्न मिल्छ र? म कसैको समर्थक र कोहीको विरोधी होईन । मलाई राजनीति संग मतलव पनि छैन। मलाई माधव कुमार नेपाल र प्रचन्ड ले अलि अलि चिन्नूहुन्छ। तर, प्रधानमन्त्री श्री के पी शर्मा ओली संग त मेरो तिनपुस्ते नै होला र म पनि उहाँ र उहाँको पारिवारिक र राजनीतिक अवस्था राम्ररी थाहा पाउँने एक झापाली हुँ।अनि महाकाली सन्धि पास गराउने ओली माधव गुटको विरोध गरीर गरी पार्टी विभाजन हुँदा पनि एमाले मै वसेको मलाई २०५६सालमा कुखुराचोर बात लागेका पंच र मन्डले हरुलाई झापामा एमालेमा छिराउँने कार्य ओली बाट भयो मैले फ्लोरमै विरोध गरेर एमालेको संगठीत सदस्यता छोडी एमालेकै केवल मतदाता मात्र वन्ने घोषणा गरे। पछि दिनबित्तै गए माओवादी जनयुद्ध उत्कर्ष मा पुगेको वेला मैले लेखेर जनयुद्ध लाई सहयोग गरे। भोट भने एमालेलाई दिई नै रहें। जव जनयुद्ध दवाउँन शेरवहादुर देउवाले संकटकाल लगाएं, त्यसपछि म माथि माओवादी को आरोप लाग्यो अनि म ज्यान जोगाउँन भारततिर लागेकै बेला सवारी दुर्घटनामा परे र साथ साथै सिलिगुडी मा जेलपनि बस्न वाध्य भँए।यसरी दुर्घटना र जेलको यातनाले म अंग भंग भ एर जेलमा बसेको वेला भारतीय अधिकारले नेकपा एमाले को पत्र लिएर आए जेल बाट छोडिदिने वताएपछि नेपाल आएर कमरेड ओली र उहाँका निकट नेता संग एमाले की कट्टर समर्थक मेरी आमाले पत्र माग्दा ओली का मुखवाट कमल मिश्र लाई भारतमै सुरक्षित राख्नुपर्ने सुझाव आफूले दिएकाले पत्र नदिने वताएको सबुध त प्रमाण एक झापाली पत्रकार मित्रले बताएका थिए । त्यतिमात्र हैन भारतीय गुप्तचर अधिकारी नेपाली भाषीहरु समेत जेलमा म संग भेटन आउँदा महाकाली सन्धी र के पी ओली को किन विरोध गरेको? भनेर मलाई प्रश्न गर्थे। कालान्तरमा म सीपी मैनालीको एउटा सानो पत्रले जेलवाट छुटे भलै कमरेड सीपी संग मेरो कहिल्यै बिचार नमिले पनि उहाँले मलाई जोगाईदिनू भयो। तर श्रीमतीका गहँना वन्दकी राखेर ओली लाई सांसद जिताउँन लाग्ने मलाई आखिर ओलीकै आदेशमा भारतमा जेल हालियो पार्टीबाट लखेटियो। र, आज म एउटा सामान्य बाम समर्थक मतदाता र धार्मिक अभियान्ता का रुपमा एउटा रोगी अपाङ्ग शरिर लिएर हिडिरहेको छु। म नेकपाको कार्यकर्ता नभ ई एउटा मतदाता हो। तर अहिले आफैले रगत पसिना बगाएर हुर्काएको पार्टीमा राष्ट्रवाद र राष्ट्रघातको आरोप प्रत्यारोप चलाएर पार्टी नै विभाजन हुने स्थिति आएको देख्दा दुख लागेको छ११ र दुखका साथ उदेक र अचम्म पनि संग संगै लागेको छ११ महाकाली सन्धि वाट नेपाल लाई एक खर्ब विस अर्व बार्पिक फाईदा आउने बताउने र मिचिएको भुभाग फिर्ता गर्न नक्शा छाप्न पनि आनाकानी गर्ने,अनि एउँटा कम्युनिष्ट कार्यकर्ता लाई भारतीय जेलमा सडाउँन षडयन्त्र गर्नेओली जी राष्ट्रवादी रे।बाँकीउहाँसंग असहमत हुने नेता कार्यकर्ता सबै भारतीय दलाल रे। यो नारा पंचर्याली शैलीमा अहिले सडकमा ओलीका समर्थक ले लगाईरहेको सुनिन्छ। हें ओली का समर्थक महानुभाव तपाईहरुलाई नारा लगाउँन छुट छ। िलगाउँनू होस तर अब ओली ले मात्र होईन नारावाज हरूले पनि राष्ट्रघाती महाकाली सन्धि को वार्षिक हिसाव तुरुन्त राष्ट्रकोषमा जम्मा गर्न र ओली कै ईशारामा भारतीय जेलमा यातना पाएर अंग भंग भ एको मलाई पनि क्षतिपूर्ति दिन सबिनय अनूरोध गर्दछु। सडकमा नारा लाउने ओली समर्थक लाई चेतना भया बाँकी आगे ।( यो लेखको निजि विचार हो)
0 22 2 minutes read


