मूल खबर

नगरपालिकाले जग्गा दिने , मेची अभियानले शेर्माको घर बनाईदिने !

३ साउन २०७७

सुरुङ्गा ।

बिपत्तको साथी नामले परिचित झापाको मेची अभियानले नदी कटानका कारण बिचल्लीमा परेकी झापा शिवसताक्षी नगरपालिकाकी तारा शेर्मा लिम्बुको घर निमार्ण गरिदिने भएको छ ।
केही दिन यता निरन्तर आएको वर्षाका कारण झापाको कनकाई नदिको कटानले घर भत्काए पछि बिचल्लीमा परेकी शिवसताक्षी नगरपालिका वडा नं १० की तारा शेर्मा लिम्बुको घर निर्माण हुने भएको छ ।

लिम्बुको घर निर्माणका लागि शिवसताक्षी नगरपालिकाले जग्गा उपलब्ध गराउने र मेची अभियान मेचीनगरले घर बनाइदिने सहमति भएको मेची अभियानका संयोजक बिजय डालमियाले चौतारी पोष्ट अनलाइनलाई जानकारी दिएकाछन् ।

लिम्बुको घर निर्माणका लागि शुक्रबार शिवसताक्षी नगरपालिकाको कार्यालयमा भएको छलफलमा नगरप्रमुख चन्द्रकुमार शेर्माले जग्गा उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । शेर्माले भने ,‘नगरपालिकाको जनताको आवास कार्यक्रम अन्तर्गत घर निर्माण भइरहेको स्थानमा नै आवश्यक जमिन उपलब्ध गराउँछौं, मेची अभियानले त्यही ठाउँमा लिम्बुको घर पनि बनाइदिओस ।’

नगरपालिकाले उपलब्ध गराएको जग्गामा अभियानका तर्फबाट बाढी पिडित एकल महिला लिम्बुको घर निर्माण गरिदिने मेची अभियानका संयोजक बिजय डालमियाले बताए ।संयोजक डालमियाले भने,‘जनताको आवास अन्तर्गत जुनप्रकारका घर बनेका छन् मेची अभियानले पनि लिम्बुका लागि त्यस्तै घर बनाइदिन्छौं ।’

गत असार २४ गते आएको कनकाई नदिको बाढीले लिम्बुको सहित ६ वटा घर बगाएको थियो । अहिले पनि कनकाई नदिको किनारामा असुरक्षित बसोबास गर्दै आइरहेकी लिम्बुका श्रीमानको समेत एक बर्ष अघि निधन भएको र ५ र ७ बर्षका छोरी र अढाई बर्षको छोराको लालन पालन गर्नु पर्ने जिम्मेवारी समेत रहेकी लिम्बु आफैं पनि बिरामी अवस्थामा भएकाले बस्ने घर समेत नहुँदा बिचल्लीमा परेकाले बिभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन प्रसारण गरे पछि नगरपालिका र मेची अभियान सहित अन्य संघ संस्थाको ध्यानाकर्षण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button