मूल खबर

लकडाउन हटे पनि संक्रमणको जोखिम कायम नै

विसु गुरुङ

ललितपुर/चैत ११ गतेबाट लागू गरेको ‘लकडाउन’ साउन ७ गते पुरै खुले पछि अहिले काठमाडौं उपत्यका मा चहलपहल निक्कै बढेको छ, बिना मास्क लगाए मानिसहरू बाटो मा हिड्ने क्रम जारि नै छ, खाली सडक हरु अहिले गाडी हरुको जामले भरिएको छ ।

सार्वजनिक सवारी–साधनमा सामाजिक दुरी भने पनि ट्राफिक प्रहरीको आखाँ छलेर भिडभाड बढेको छ कुन बेला काठमाडौं उपत्यका मा संक्रमण बढ्ने हो कसैलाई पनि थाह छैन, स्वास्थ्य मन्त्रालयले पनि संक्रमितको संख्या कम भएपनि जोखिम कम भएको छैन भन्दै थप सतर्कता अपनाउन मा जोड दिएको छ । सरुवारोग विशेषज्ञ विज्ञहरुको सल्लाहविना नै सरकारले लकडाउन खोलेको र सरकार व्यापारीहरुको दबाबमा रहनु भएको बताउनु भएको छ । संक्रमितको संख्या दिन दिनै वृध्दि भएको कारण लकडाउन खुलेपनि हामी सबैको दैनिकी जीवनशैलीमा फर्कनसक्ने अवस्थामा अझै पनि छैन ।

लकडाउन अन्त्य गरे पनि विद्यालय, व्यायामशाला पार्टी प्यालेस, डान्सबार, , चिडियाखाना, धार्मिकस्थल सभा सेमिनार खोलिएका छैनन् । संक्रमणको जोखिम कायमै रहेकाले आफ्नो सुरक्षा  आफै गर्ने समय आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button