खेलकुद

इम्रीले भिल्लारियल सम्हाल्ने

श्रावण ९, २०७७
एजेन्सी – स्पेनिस क्लब भिल्लारियलले इंग्लिस क्लब आर्सनल तथा फ्रेन्च क्लब पीएसजीका पुर्व प्रशिक्षक युनाई इम्रीलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

इम्रीलाई भिल्लाले बिहीबार तीन वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । सम्झौतासँगै ४८ वर्षीय इम्री २०२३ सम्म भिल्लामा रहनेछन् लगातार खराव प्रदर्शनपछि इम्रीलाई गत नोभेम्बरमा आर्सनलले बर्खास्त गरेको थियो । त्यसयता उनी क्लबबिहीन रहेका थिए ।

प्रशिक्षक इम्रीले स्पेनकै सेभिल्ला र भ्यालेन्सियालाई पनि प्रशिक्षण दिइसकेका छन् । इम्रीले सेभिल्लालाई लगातार तीन सिजन युरोपा लिगको उपाधि दिलाएका थिए । पीएसजीबाट उनले एक लिग वान र समान दुईपटक फ्रेन्च कपल कोपा डि लिग र ट्रफी डि च्याम्पियन जिताएका छन् । आर्सनललाई युरोपा लिगको उपविजेता बनाएको थियो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button