मूल खबरस्वास्थ्य

नेपालको पूर्वी सीमा नाका काकरभिट्टाका १८ सशस्त्र प्रहरीलाई कोरोना पुष्टी,समुदायमा फैलन सक्ने भन्दै नागरिकको चिन्ता !

९साउन ,२०७७
मेचीनगर ।

नेपालको पुर्वी नाकामा सिमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस -कोभिड १९- पुष्टी भएको छ ।

प्राप्त जानकारी अनुसार साउन ७ गते ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगर स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा कोरोना पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले बताए ।

आजको संख्या सहित झापाको मेचीनगर नगरपालिकामा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । जसमध्ये ४६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । त्यस्तै पुराना ५ सहित आज पुष्टी भएका १८ सहित २३ जना मोरङको गोठगाउँ स्थित आइशोलेशन उपचार कक्षमा उपचार गराईरहेका जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

पुर्वी नाकामा सुरक्षाको काममा खटिएका शसस्त्र प्रहरीमा नै ठुलो संख्यामा कोरोना संक्रमण भए पछि समुदायमा कोरोना संक्रमण फैलिन सक्ने आशंका गरिएको छ ।

नियमित काम गरिरहेका सिमा सुरक्षाकर्मीहरुमानै कोरोना पुष्टी भए पछि काकरभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने भन्दै नागरिकमा चिन्ता छाएको छ ।

अहिले सम्मको तथ्थ्याङ्कलाई हेर्दा मेचीनगरमा एकै दिन सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टी भएको यो नै ठुलो संख्या देखिन्छ । यस अघि नगरमा क्वारेन्टाईनमा बसेकाहरुमा एकै दिन १४ जनामा कोरोना पुष्टी भएको थियो ।सरकारले लकडाउन खोलेसँगै मेचीनगरमा देखिएको यो कोरोना पोजेटिभ संख्याले समुदाय स्तरमानै डरलाग्दो रुप लिन सक्ने अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button