खबर

सिलगढी प्रधाननगर पोस्ट अफिसमा पार्सल विस्फोट

 जुलाई 28, 2020

सिलगढी : सिलगढीको चम्पासारी संलग्न प्रधाननगर पोस्ट अफिसमा आज दिउँसो एउटा पार्सल विस्फोट भएको घटना प्रकाशमा आएको छ। घटनाको खबर पाएर प्रधाननगर पुलिस, सिलगढी पुलिस कमिश्नरेटका उच्च अधिकारी लगायत डग स्क्वायड टोली घटनास्थलमा पुगे। त्यसपछि त्यहाँ भएका सबै पार्सलहरूलाई मेटल डिटेक्टरको माध्यमद्वारा जाँच गरियो।

पोस्ट अफिस सूत्रअनुसार कार्यालयभित्र राखिएको कुनै एउटा पार्सल अचानक विस्फोट भए तापनि कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ। तथापि, उक्त पार्सलमा के थियो भन्नेबारे हालसम्म थाहा लागेको छैन। सिलगढी पुलिस कमिश्नरेटका डीसीपी (वेस्ट) कुंवर भूषण सिंहले बताएअनुसार उक्त पार्सल अमृतसरबाट आएको साथै पार्सल लिन आउने व्यक्तिलाई पुलिसले हिरासतमा लिएर सोधखोज गरिरहेको छ।

अपराधमूलक कार्यमा संलग्न रहेको आरोपमा 2 पक्राउ
जुलाई 28, 2020

सिलगढी : अपराधमूलक कार्यमा संलग्न रहेको आरोपमा एनजेपी थाना पुलिसले 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत 30 जुनमा डकैत गर्न अगावै सादा पोशाकमा पुलिसले फुलबारी 1 नम्बरको गोडामोडमा अभियान चलाएर 4 जना दुष्कृतिहरूलाई पक्राउ गरेको थियो। यसको साथै पुलिसले एउटा पिकअप भ्यान पनि जफत गरेको थियो। यसपछि पुलिसले पक्रा परेका 4 जना आरोपीहरूसँग सोधखोज गर्दा अन्य व्यक्तिहरूबारे थाहा पाएपछि पुलिसले हिजो एनजेपी र तीनबत्ती मोडमा अभियान चलाएर सुशान्त राय र विभास दत्तलाई पक्राउ गर्यो। पक्रा परेकाहरूमा सुशान्त राय आजिमगञ्ज निवासी र विभास दत्त सिलगढी निवासी रहेको साथै तिनीहरू दीर्घदिनदेखि विभिन्न असमाजिक कार्यमा संलग्न रहेको पुलिस सूत्रमार्फत् थाहा लागेको छ। आज दुवै आरोपीलाई जलपाईगढी अदालतमा पेश गरियो।


पैह्रो झरेर स्टेट हाइवे 12 अवरोध
जुलाई 28, 2020

मिरिक : मिरिकदेखि सिलगढीतर्फ जाने सडक मार्ग स्टेट हाइवे 12-मा गत राति परेको अधिक वर्षाको कारण पैह्रो झरेर सडक अवरोध बन्न पुगेको छ। मुसलधारे वर्षाले घैयाबारीको जङगलस्थित स्टेट हाइवेमा सडकको माथिल्लो भागबाट पैह्रो झर्नको साथै यसको मुनिल्लो भाग पनि चर्किएको छ। उक्त चर्किएको ठाउँमा कुनै पनि समय ठुलो अझ पैह्रो जान सक्ने सम्भावना देखिएको छ।siliguritimes/from, india

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button