मूल खबर

प्रहरी प्रधान कार्यालयमा मात्रै ७२ प्रहरीलाई कोरोना

काठमाडौँ : समूहमा बस्ने र जनसमुदायसम्म पुग्ने प्रहरीलाई कोरोना भाइरस सङ्क्रमणले गाँज्न थालेको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा शुक्रबार कोरोना सङ्क्रमण देखिएपछि प्रहरी प्रधान कार्यालयमा कार्यरत मात्रै ७८ प्रहरीमा सङ्क्रमण भइसकेको हो । सुरुमा प्रधान कार्यालयमा सवारी शाखामा काम एकजना प्रहरी हबल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलोपटक उनमा कोरोना सङ्क्रमण भेटिएको थियो । त्यसपछि चारजनालाई सङ्क्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा शुक्रबार २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रहरी प्रधान कार्यालयका कोरोना सङ्क्रमित भएका अधिकांश सङ्क्रमित प्रहरी सञ्चार निर्देशनालय, सवारी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत रहेको समाचारहरुमा जनाइएको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामको कार्यमा सामाजिक सम्बन्धमा सबैभन्दा बढी रहने प्रहरीमा कोरोना सङ्क्रमण बढेपछि व्यापक चासो बढेको छ । नेपाल प्रहरीको प्रधान कार्यालय सङ्क्रमण देखिनुअघि स्याङ्जाका विभिन्न ठाउँमा रहेका प्रहरीहरू सङ्क्रमित भएको पाइएका थिए । स्याङ्जामा सङ्क्रमित हुने प्रहरीको सङ्ख्या ३९ नाघेको छ । अन्य जिल्लामा रहेका प्रहरी कार्यालयका प्रहरीमा पनि कोरोना देखिएका समाचारहरू सार्वजनिक भइरहेका छन् ।२०७७, १६  ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button