-
दुनियाँ आज कोरोनाकोले थला परेको छ । कोरोनाले पारेको असरले शायदै नछोएको कोही छैन होला । विश्वकै समाज, परिवार र ब्यक्तिमा पारेको प्रत्यक्ष—अप्रत्यक्षका असरका परिणाम सुस्तरी बाहिर आउँदैछन् र आईरहनेछन् । नेपालमा भने यसको असर र यसले आम नागरिकमा पारेको प्रभाव भन्दा पनि सत्तामा भएको पार्टी भित्रको कलह आज कताकता महत्वको विषय जस्तो बनेको छ ।
नेपालको ईतिहाँसमै पहिलो पटक कम्युनिष्ट पार्टीले पाएको भारी जनमत र त्यससँगै जोडिएका नागरिकका सपना भन्दा धेरै बहस, चिन्तन र सोच भन्दा पनि केही दिन यतादेखि नेपाल कम्युनिष्ट पार्टी जो सरकारमा छ । उसको पार्टी भित्र देखिएको अन्तर विवादनै पो सबै भन्दा मूल विषय हो कि जस्तो भएको छ । उनीहरुकै पार्टी भित्र देखिएका तर्क सुन्दा लाग्छ आम नागरिकको सपना भन्दा पनि नेकपा भित्रका नेताहरुको पदनै ठूलो हो कि क्या हो जस्तो भान पर्ने गरि केही महिनायता देखि सबै विषय एकातिर र नेकपाको किचलो अर्कातिर जस्तो देखिन्छ । सरकारले चैत ११ गतेबाट जारी गरेको लकडाउन खोलेपछि बढ्दै गएको कोरोना संक्रमणको भयावह अवस्था, आम नागरिकसँग जोडिएका जनजिविकाको विषय र यही जटिल परिस्थितिमा गर्नु पर्ने सरकारका बाँकी कामहरु कछुवा गतिमा देखिन्छन् भने सबै भन्दा चुरो र खास महत्वको विषय भनेको नेकपाको झगडानै हो जस्तो गरेर सरकारमा रहेका नेता र सरकार बाहिरका नेताहरु आफ्नो पोको बलियो बनाउने दाउमा दौड गरिरहेको जस्तो लाग्छ ।
कतिपयलाई लाग्न सक्छ यो नेकपा भित्रको विषय हो अरुले खासै चासो राख्न जरुरी नहोला तर यो किमार्थ होइन सरकारमा भएको पार्टी भित्रको यो किचलोको प्रभाव सिङ्गो देश र आम नागरिकमा परेको छ । पार्टी भित्रको कचिङ्गलले त्यसको प्रभाव समग्र समाजमा परेको हुन्छ । नेकपा भित्रका को को नेता के के हुने त्यो नेकपाको नितान्त पार्टीको विषय हो तर सरकारमै त्यो पार्टीको नेतृत्व रहेकाले त्यसले प्रत्यक्ष असर र प्रभाव समग्र क्षेत्रमा परेको हुन्छ । एकातिर हाम्रो संविधान समाजवादतर्फको यात्रामा छ भनिएको छ, समाजवादको पक्को ठेक्का लिने पार्टी नेकपा हो भन्ने गरन्छि अनि सरकारमा यो पार्टी गएको दुई वर्ष नाघेको अवस्था र अहिले थपिएको कोरोनाको संकट र पार्टी भित्रको किचलोलेले समग्र नेपालको समृद्धको यात्रालाई कतार्तफ लैजादै छ त यो विषय अहिलेको बहसको विषय बन्नु पर्छ जस्तो मलाई लाग्छ ।
विश्वमा कोरोनाको प्रवेश, नेपालमा कोरोनासँगसगै जस्तो प्रवेश गरेको नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद र सरकारका कामकारबाहिको मूल्याङ्क गर्दा सरकार नागरिकप्रति कति जवाफदेहि छ र हिजो भोट माग्न जाँदा नेकपाले नागरिकसँग बोलेका वचन आज यो पार्टी कसरी पुरा गर्दैछ यो प्रश्न हामी जो कसैले पनि गर्न पाउँछौँ ।किनभने सरकारसँग नागरिकले उसले गरेका कामका बारेमा जानाकारी लिन पाउनु पनि लोकतन्त्र हो । एकातिर लकडाउन खुलेसँगै बढदै गएको कोरोना संक्रमितको संख्या, सरकारमा रहेको पार्टी भित्रको कलह सुस्ताउने र मिल्ने भन्दा पनि का्रनिक बन्ने जस्तो लक्षण र नागरिकका अवस्थाका बारेमा जिम्मेवार बन्नु पर्ने सरकार र सरकारमा रहेको पार्टीलेनै हो ।
यसै पनि कुनैपनि राजनीतिक दल नागरिकप्रति जिम्मेवार बन्नै पर्छ चाहे त्यो सरकारमा होस वा सरकार बाहिर किनकी दल खोल्नु भनेकै देश र जनताप्रति हामी जिम्मेवार छौँ भन्नु हो त्यसमा पनि सरकार र सरकारमा रहेको पार्टीको त पहिलो कामनै नागरिकप्रतिको जिम्मेवारी र जवाफदेहिता हो तर नेकपा भित्रको अहिले पोखिएको विवाद र कचिङ्गलको रुप हेर्दा लाग्छ सरकार र पार्टी बिचमा साँच्चैको समन्वय छैन कि जस्तो छ । किनपनि भने पार्टीका कतिपय नेताको कुरा सुन्दा लाग्छ सरकार पार्टीको निर्देशनमा चलेको छैन, पार्टीको पद्धति र विधिमा पार्टीका नेता समेत चलेकाछैनन् यसले के देखाउँछ भने सरकार नागरिकप्रति जिम्मेवार छैन यो नेकपाकै एक थरि नेताहरुको सरकारप्रतिको विचार हो ।
सत्तारुढ पार्टी भित्रको यो विवादले समग्र देश र जनतामा कति र कस्तो असर परिरहेको होला भनेर शायद नेकपाका नेताहरुले सोच्थे भने यो अन्तरकलह यति लामो समय सम्म गुज्रिने पनि थिएन होला । आज हामी नागरिकले सरकारले माहामारी रोक्न यो कार्यक्रम ल्यायो, नागरिकहरुका लागि यस्तो योजना बनायो, सरकारले संकटको समयमा पनि आम नागरिकका लागि यस्ता राहतका कार्यक्रम ल्याउँदै छ भनेर सुन्ने भन्दा पनि कोरोनाको संक्रमणको संख्याको वृद्धि, सरकारमा रहेका पार्टीका नेताहरुको आरोप र प्रत्यारोप सुन्न परेकोछ । कोरोना दुनियाँकै लागि एउटा चुनौती बनेर आएको छ सँगसगै यो हाम्रो जस्तो देशका लागि पहिल्याउन सके अवसर पनि हो त्यसमा पनि कम्युनिष्ट पार्टीको सरकारका लागि यो संकटमा पनि गरेर देखाउने बेला थियो । कम्युनिष्ट सरकारको क्षमता प्रदर्शन गर्ने समय पनि थियो तर सबै बल , ताकत र क्षमता भनेको सरकारकै पार्टी भित्रको अन्तर कलहमा गयो । कम्युनिष्ट पार्टी भित्र अन्तरसंर्घष र बहस हुन्छ भनिन्छ तर उदेकको कुरो त यो छ कि कुन समय बहस र छलफलको हो त्यसको पनि त समय हुदो त होला नि !
कोरोनाको चौतर्फी घेराबन्दीमा देश परेको छ, समग्र आर्थीक क्षेत्र टाट पल्टिने अवस्थामा पुगेको छ, नागरिक भोकभोकै पर्ने अवस्था आईसकेको छ । तर, सरकारमा रहेको त्यो पनि कम्युनिष्ट पार्टी भने आफु भित्रकै झगडालाई बहादुरीका साथ सडक पोखिरहेको छ । मानौँ कि यो कलह पोख्ने राष्ट्रिय उत्सव हो जस्तो गरेर । कसले कुन गुट वा समूहलाई कसरी खुल्याउने भन्ने ध्याउन्नमा जस्ता देखिन्छन् नेकपाका नेताहरु । अहिले आम नागरिकको दैनिक जिवनको दयनिय अवस्था, कोरोनाको महामारी ओझेलमा परेकाछन् लाग्छ सबै कुराको हल भनेको नेकपाको घरको झगडानै हो जस्तो गरेर नेताहरु लागेकाछन् । के यसले नेकपाले जनताबाट पाएको असिम विश्वास र जनमत माथि घात गरे जस्तो नेकपाको सरकार र यसका नेतालाई अहिले पनि लाग्दैन ? के कम्युनिष्ट पार्टीको सरकार भनेको यस्तैनै रहेछ भनेर आम जनतामा नेकपाप्रति निराशा शुरु भए जस्तो आज पनि यसका नेताहरुलाई लागेको छैन ? सोच्नु होस जनता कसैका दास र सधैँ जे भने पनि पत्याउने प्राणी मात्र होइनन् समयमा यसको जवाफ दिन जान्ने सचेत नागरिक पनि हुन् भन्ने कुराको हेक्का राखियो भने त्यो राम्रो होला कि ।
0 33 3 minutes read



