
ललितपुर/विसु गुरुङ
असार २२ गते सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयका वरिष्ठ विशेषज्ञ डा. रोशन पोखरेल र सहप्रवक्ता डा. समीरकुमार अधिकारी अनि सत्याग्रहीद्वय ईः र पुकारबीच १२ बुँदे सम्झौता भएको थियो र अनशन पनि तोड्यौं , तर सरकारले सम्झौता पूरा गरेन धोखा दियो भन्दै, फेरि जनताको जिवन रक्षाको लागि खाना पानी त्याग गरेर अनिश्चय अनशन साउन ३ गतेबाट ईः र करण गुरुङले सुरु गरेका हुन् । तर एमबीबीएस अध्ययन विद्यार्थी २३ वर्षीय करण सात दिनसम्म आमरण अनशन रहे, स्वास्थ्य बिग्रिएपछि अनशन तोड्नुपर्यो तर सत्याग्रहीद्वय ईः को आज १६ दिन भइसकेको छ।
सत्याग्रहसँगै ‘इनफ इज इनफ’ कै तर्फबाट युवा अभियन्ताहरूले अर्थमन्त्री र सचिव शिशिरकुमार ढुंगानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन् । सत्याग्रही र इनफ इज इनफ’ को माग पी.सी. आर परिक्षण र दायरा बृद्दि भएका स्रोतसाधनको प्रयोग, कन्ट्याक्ट् ट्रेसिङ व्यापक बनाउन, स्थानिय स्तरमा आवश्यक परिक्षण, नमुना गुणस्तर र बाहिरबाट आएका यात्रुलाई सक्दो चाँडै पी.सी.आर. परीक्षण, रणनीति क्वारेन्टाइन व्यवस्थापन, अग्रपङक्तिमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा, पी.पी.ई लगायत आवश्यक सुरक्षा, उपकरणको व्यवस्थापन, सर्वोच्च अदालतका निर्णय कार्यान्वयन माग गर्दै सरकारसंग जनताको जीवन रक्षाका लागि सत्याग्रह आन्दोलन गर्दै आएका छन् ।



