खेलकुद

सान्चो म्यानचेस्टर युनाइटेड आउन सहमत

बुधबार, श्रावण २१, २०७७

एजेन्सी – विश्व फुटबलको ट्रान्सफर विन्डोमा यसपटक सर्वाधिक चासोको रुपमा हेरिएको इंग्लिस तथा जर्मन क्लब बोरुसिया डर्टमुन्डका विंगर जेडन सान्चो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड आउन सहमत भएका छन् ।

जर्मनीको स्पोर्ट्स म्यागजिन स्पोर्ट्स विल्डले सान्चो युनाइटेड आउन राजी भएको उल्लेख गरेको छ । सान्चोले सातामा ३ लाख ४० हजार पाउण्ड पाउने गरी ओल्ड ट्राफोर्ड आउन सहमत भएको विल्डले जनाएको छ । विल्डका अनुसार सान्चोले युनाइटेडसँग पाँच वर्षको सम्झौता गर्ने समेत जनाएको छ । २० वर्षे विंगर समर ट्रान्सफरमा सर्वाधिक चर्चामा रहेका खेलाडी हुन् ।

डर्टमुन्डले सान्चोको लागि ११० मिलियन पाउन्डसहित युनाइटेडलाई १० अगस्टसम्म अनुबन्ध गर्न समयसीमा तोकेको छ । २०१७ मा म्यानचेस्टर सिटीबाट डर्टमुन्ड पुगेका सान्चोले बुन्डेसलिगामा यो सिजन सान्चोले ३२ खेलमा १७ गोल गरेका थिए । सिटीबाट सिनियर टोलीमा अवसर नपाउने देखेपछि उनी जर्मनी लागेका थिए ।

डर्टमुन्डले केहि साताअघि मात्र इंग्ल्यान्डबाट नै १७ वर्षीय जुड बेलिन्घमलाई अनुबन्ध गरिसकेको छ । यसबाहेक युवा खेलाडी जिओ रेयना, थोर्गन हाजार्ड, जुलियन ब्रान्ट लगायत खेलाडीको उपस्थिति रहेकाले पनि सान्चोलाई उचित रकम आएमा जान दिने डर्टमुन्डको तयारी थियो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button