
बिर्तामोड । असफल र नालायक सावित भइसकेका काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा फेरि पनि उनै देउवा आउने हो भने काँग्रेस सिद्धिने चिन्ता प्रजातन्त्रवादीहरुले गरेका छन् ।
सिङ्गो नेपाली काँग्रेसलाई बिभाजित गरेर काँग्रेस प्रजातान्त्रिक बनाउँदै, पुन प्राजातान्त्रिकलाई मुलधारको काँग्रेस पार्टीमा बिलय गराएर सिङ्गो काँग्रेस नै कब्जा गर्न सफल शेरबहादुर देउवाको असफल नेतृत्वका कारण पार्टीले पछिल्लो स्थानीय र संघीय निर्वाचनमा लजजाजनक हार व्यहोर्नु परेको भन्दै अब पनि नेपािली काँग्रेसको नेतृत्व शेरबहादुरले गर्ने हो भने पार्टी सिद्धिने चिन्ता देशका लोकतन्त्रवादी प्रधयापक, वकील र पत्रकारहरुले गर्न थालेका छन् ।
काँग्रेसका बरीष्ठ नेता रामचन्द्र पौडेलले संसदीय चुनावमा पार्टीको लज्जाजनक हार हुँदा सभापतिले नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा त्यसो नगरी विधि विधान र लोकतान्त्रिक मूलय, मान्यता बिपरित पार्टी कब्जा गर्न देउवा लालेकोले पार्टी र मुलुकको भविश्य अन्धकार तर्फ धकेलिएको चिन्ता प्रकट गर्नु भएको छ ।
पाटीका बिभागहरु महाधिवेशनको मुखमा गठन गरेर शक्ति आर्जन गर्न खोज्नुर पार्टी प्रवेशको नाममा आफूलाई सघाउने शर्तमा पदको बाँडफाड गर्नु आपत्तिजनक कार्य भएको पनि नेता पौडेलले बताउँदै आउनस्भएको छ ।
नेताले स्पष्ट बिचार, दृष्किोण, चिन्तन र पार्टीको नीति, बिचार, कार्यक्रम प्रस्तुत गर्न नसक्ने हो भने जनतामा बिश्वास घटेर जाने बताउँदै युवा नेता गगन थापाले भन्नुभयो, तदर्थवादी र भिनजलेस नेताबाट कम्युनिष्टको कब्जामा गएको देशलाई अपराधिकरणबाट मुत्तल गर्न नसक्ने भएले महाधिवेशनमा कार्यकर्ताले गम्भिर भएर ध्यान पु¥याउन अनि विवेकको प्रयोग गर्न आव्हान नै गर्नुभएको छ ।
तीन गुट आठ आकांक्षी
आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने निश्चित छ । कोरोना संक्रमण बढेका कारण स्थानीय अधिवेशनको पूर्वतयारीलाई थाती राखिएकामा साउनदेखि पुनः सुचारु गर्ने निर्णय कांग्रेसको पछिल्लो पटक बसेको केन्द्रीय समितिको बैठकमार्फत गरिसकेको छ ।
केन्द्रीय समितिले स्थानीय तहका अधिवेशनको मिति हेरफेर गर्दै सदस्यता वितरण, पुराना सदस्यता नवीकरण र त्यसका प्रक्रिया अघि बढाएसँगै पार्टीको नेतृत्व हाँक्न आकांक्षीहरूले दौडधुप सुरु गरिसकेका छन् । यतिसम्मकी हाल कांग्रेसभित्र स्थापित रहेका गुटभित्रै समेत सभापतिका लागि आकांक्षा देखाउनेहरू बढ्न थालेका छन् । जसअनुसार अहिलेसम्म कसैले पनि आधिकारिक रूपमा घोषणा नगरे पनि कांग्रेसभित्रका तीन फरक फरक गुटमा आठ जना आकांक्षी देखिएका छन् ।
कांग्रेस नेतृत्वका लागि फेरि एक पटक वर्तमान सभापति शेरबहादुर देउवा आफैं उम्मेदवार बन्ने उनी निकट नेताहरू बताउँछन् । पछिल्लो पटक देउवाले पार्टीका विभाग गठन गर्दै सदस्यहरू समेत धमाधम थपिरहेका छन् । देउवाले थप गरिएका सदस्यहरूसँग पुनः एक पटक सभापतिको आकांक्षा देखाएको बताइएको छ ।
यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आफू निकट नेताहरूमार्फत सभापतिका लागि आफू तयार रहेको सन्देश दिँदै आइरहेका छन् । तर, उनी आफैंले भने सार्वजनिक रूपमा मुख खोलिसकेका छैनन् । नेता पौडेलले अनामनगरमा रहेको एक घरलाई भेटघाट गर्ने थलो बनाइसक्नुभएको छ ।
यसैगरी, १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेर कांग्रेसभित्र आफ्नो गुट स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाले समेत पार्टी नेतृत्वका लागि आकांक्षा देखाउनुभएको छ । उहाँले महाराजगन्जमा भेटघाटका लागि कार्यालय नै खोलेर महाधिवेशनको दौडमा आफू तयार रहेको सन्देश दिइसक्नुभएको छ ।
यसैगरी, हाल उपसभापति रहेका विमलेन्द्र निधिले समेत सभापतिका लागि आफू तयार रहेको सन्देश दिरहनुभएको छ । उहाँले महामन्त्री डा. शशांक कोइरालालाई भेटेरै सभापतिमा आफूलाई सघाउन आग्रह गरेको कोइराला निकट स्रोतले बताएको छ । निधी हालका सभापति देउवाका विश्वास पात्रसमेत मानिनुहुन्छ । १४औं महाधिवेशनमा देउवा आफैं उम्मेदवार भए निधिले आफूले उम्मेद्वारी नदिन तर देउवा उम्मेद्वार नभएको देउवाको उत्तराधिकारीका रुपमा आफूलाई उभ्याउने सम्भावना रहेको देउवा गुटका भित्रियाहरु न्ै बताउँदै आएका छन् ।
यसैगरी, कांग्रेसका वर्तमान महामन्त्री (बीपी पुत्र) डा. शशांक कोइरालाले समेत आफू पार्टी नेतृत्वका लागि तयार रहेको बताउँदै आइरहनु भएको छ । उहाँले केही समयअघि उपत्यकाबाहिर आयोजना भएका कार्यक्रममै आफू उम्मेदवार बन्ने सन्देश दिनुभएको थियो । उहाँ हाल संस्थापन इतर समूह मानिने पौडेल समूहमा हुनुहुन्छ । शसांकले हालै भेटघाटका लागि भन्दै महाराजगन्जस्थित निवाससँगै एक घर भाडामा लिनुभएको छ ।
यस्तै, कांग्रेस पूर्वमहामन्त्री (गणेशमान पुत्र) नेता प्रकाशमान सिंहले आगामी महाधिवेशनमा आफू पनि नेतृत्वको आकांक्षी रहेको जनाउ दिँदै आइरहनुभएको छ । देउवाले पार्टी बिभाजन गर्दा प्रजातान्त्रि काँग्रेसमा रहनुभएका उहाँ हाल पौडेल समूहमा नै हुनुहुन्छ । उहाँले बिजुली बजारमा निर्वाचनका समयमा खोलेको सम्पर्क कार्यालयलाई भेटघाट थलो बनाउनुभएको छ । यस्तै, चाक्सीबारीमा रहेको निवासमा समेत उहाँले भेटघाट गर्दै आउनुभएको छ ।
यसैगरी, अर्का नेता डा. शेखर कोइरालाले समेत १४औं महाधिवेशनका लागि नेतृत्वका लागि आकांक्षा देखाउँ आउनुभएको छ । उहाँले कोरोना संक्रमणका बिचमा समेत उपत्यका बाहिर नेता कार्यकर्तासँगको भेटघाटलाई सामाजिक दुरी कायम गरेरै निरन्तरता दिइरहनुभएको छ । देश दौडाहामा र सामाजिक सञ्जालमा डां शेखर सबैभन्दा अग्र पंक्तिमा देखिनुभएको छ । उहाँ समेत देउवा इतर समूहमै हुनुहुन्छ ।
यसैगरी, कांग्रेस युवा नेता गगन थापाले समेत आफू सभापतिको आकांक्षी रहेको जनाउ दिनुभएको छ । उहाँले केही दिनअघि राजधानीमा भएको युवा नेताहरूको कार्यक्रममा आफू पार्टी नेतृत्वका लागि तयार रहेको संकेत गर्नुभएको छ । गगन हाल कांग्रेसभित्र सिटौला समूहसँग निकट हुनुहुन्छ । कााग्रेसका युवा कार्यकर्तामा गगन सभापति हुनुपर्ने चर्को आवाज उठिरहेको छ । तर यस पटक सभापति हने वातावरण नबनेको खण्डमा महामन्त्रीमा बाजी मारेर १५ औं महाधिवेशनमा निर्विकल्प सभापतिको उम्मेद्वार बन्ने योजनामा गगन रहेको सिटौला समूहबार्ट थाहा भएको छ ।
कांग्रेसको गत ११ पुसमा बसेको केन्द्रीय समितिको बैठकले ७ देखि १० फागुन २०७७ मा काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । कारोना महामारीका कारण स्थगित भएको काँग्रेसको महाधिवेशन कार्यतालिकामा केही परिवर्तन भए पनि केन्द्रीय महाधिवेशनको मितिमा कुनै परिवर्तन गरिएको छैन ।-August 5, 2020/jayaloktantra/from



