खबर

क्षेप्यास्त्रबाट प्रहार गर्न सकिने साना परमाणु हतियार निर्माण गर्न उत्तर कोरिया सफल

२१ श्रावण २०७७

(एजेन्सी)

उत्तर कोरियाले आफना क्षेप्यास्त्रबाट प्रहार गर्न सकिने सानो आकारका परमाणु हतियार बनाउन सफलता हासिल गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदको उत्तर कोरिया हेर्न बनाइएको विशेषज्ञकी कमिटीले उत्तर कोरिया प्रतिबन्धको उलंघन गरिरहेको पुष्टी गर्दै उक्त तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उत्तर कोरियाले लगातार आफनो परमाणु कार्यक्रमलाई तिब्रता दिइरहेको जनाइएको छ । प्रतिवेनमा भनिएको छ , उत्तर कोरिया लगातार आफनो परमाणु कार्यक्रम चलाइरहेको छ । यसमा उच्च प्रसोधित युरेनियम र लाइट वाटर रिएक्टरको निर्माण पर्छ । एक सदस्य देशले उत्तर कोरिया लगातार परमाणु हतियार निर्माण गरिरहेको छ ।

उक्त अन्तरिम प्रतिवेदनमा उत्तर कोरियाले क्षेप्यास्त्रमा जडान गर्न साना परमाणु हतियार बनाइसकेको कयौं देशले दावी गरेको उल्लेख गरिएको छ । उत्तर कोरियाली नेता किम जोंग उनले ६ परमाणु परीक्षण साना परमाणु बम बनाउनका लागि गरेको हो । एक देशले उत्तर कोरिया मल्टिपल वारहेड सिस्टममा काम गरिरहेको दावी गरेको छ ।

उत्तर कोरियाले परमाणु हतियार बनाउनुको कारण आफनो देशमा कुसैले हमला नगरुन भन्ने उद्देश्य रहेकोमा जोड दिएको थियो । सिप्रीको एक प्रतिवेदन अनुसार उत्तर कोरियासँग ३० देखि ४० परमाणु बम छ र लगातार अरु बनाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button