खबर

नेकपा नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

-August 10, 2020

ओखलढुङ्गा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टीका ठूला नेता कार्यकर्ता कांग्रेसमा प्रवेशगरेका छन् । सत्ताधारी दल नेकपाले जनता र कार्यकर्ता झुक्याउने खेल मात्र गरेर भ्रष्टाचारमा चुर्लुम्म डुबेकोमा असन्तुष्टि जनाउँदै काँग्रेस प्रवेश गरेको बताएका छन् ।
ओखलढुंगामा तत्कालिन माओवादी वडा महिला सदस्यको उम्मेदवार र समाजवादी पार्टीका युवानेता लगायत १५ जना नेपाली काँग्रेस प्रवेश गरेका हुन । जिल्लाको मानेभञ्ज्याङ वडा नम्बर ९ मा नेकपा माओवादी महिला सदस्यको उम्मेदवार कोपिला राई र संघिय समाजवादीका युवा नेता नवीन राई सहितले काँग्रेस प्रवेश गरेको बताइएको छ ।
पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं पूर्वसांसद रामहरि खतिवडाको प्रमुख्य अतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति प्रदिप कुमार सुनुवारको विशेष अतिथ्यता रहेको थियो ।
जिल्ला सचिव रुद्र अधिकारी, क्षेत्र नम्बर ०२ क्षेत्रीय सभापति तथा मानेभञ्ज्याङ गाउँ प्रमुख मोतिराज राई र सहसचिव तथा मानेभञ्ज्याङ गाउँ पालिका उप(प्रमुख सविता राईलगायतले कार्यक्रममा नव प्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले अब नेपाली काँग्रेसको जित सुनिश्चित रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयोे, ’राणा र राजाको अन्त्य गरेको नेपाली काङ्ग्रेसलाई जिताएर यो देशमा फेरि शान्ती र समृद्धि तर्फ हामी लाने छौं । म सधैं तपाईंहरुसंग सहकार्य गर्न तयार छु ।’
नेपाली काङ्ग्रेस जिल्ला पार्टी सभापति प्रदिप कुमार सुनुवारले नयाँ प्रवेशी युवा साथीहरुलाई सधै यो कम्युनिष्ट ज्याजदी विरुद्ध सधैं लाग्न अनुरोध गर्दै नयाँ हु भन्ने आभास कहिले नगराउने सधैं संग संगै रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । Jayloktantra Online /from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button