मूल खबर

विद्यालय चलाउने सरकार, शुल्क तोक्ने अर्कै

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति नवलपुरले EMBOCS नामको संस्थाले सरकारी विद्यालयहरूमा शुल्क तोकेर अङ्ग्रेजी भाषा माध्यमको शिक्षण गर्ने बहानामा जनक शिक्षा सामग्रीको सट्टा निजी पाठ्यपुस्तक प्रकाशन संस्थाबाट मोटो कमिसन लिने र अभिभावकसँग चर्को शुल्क असुल्ने कार्य विगतदेखि गरिरहेको बताएको छ ।

क्रान्तिकारीका नवलपुर संयोजक स्वरूपले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै EMBOCS को उक्त घृणित प्रवृत्तिविरुद्ध आफ्नो सङ्गठनले पटकपटक चेतावनी दिँदा पनि अटेर गरेको भन्दै सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

स्वरूपको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न निकायको संरक्षणमा सञ्चालित यस्ता निकायविरुद्ध हाम्रो सङ्गठन सङ्घर्ष गर्न बाध्य हुनेछ । साथै सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवी, पत्रकार तथा सरोकारवालाहरूसामु यस्ता निकायका विरुद्ध उभिन आह्वान गर्दछ । हाम्रो चेतावनीलाई बेवास्ता गर्दै यस्तो कार्य जारी राखेमा यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सम्बन्धित निकाय नै हुनेछ ।’२०७७, २६ श्रावण ,ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button