स्वास्थ्य

कोरोना संक्रमणको जोखिममा को ?

साउन २७, २०७७
क्वारेन्टाइनमा बसिरहेका, कन्ट्याक्ट ट्रेसिङमा परेका, कोरोना प्रभावित क्षेत्रमा यात्रा गरेका र संक्रमित धेरै रहेको स्थानमा बसिरहेका व्यक्ति उच्च जोखिममा पर्ने विज्ञहरू बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार परीक्षणका क्रममा संक्रमणको जोखिममा रहेको वर्गलाई प्राथमिकता दिनु पर्छ।

‘परीक्षण कसको गर्ने/नगर्ने विषय निर्देशिका बनाउँदा ध्यान दिनुपर्छ’, डा. प्याकुरेल भन्छन्, ‘सम्भावित व्यक्ति छुट्नु भएन। मापदण्डभित्र नपर्नेलाई परीक्षण गर्नु पर्दैन भनेर फर्काइदिन सक्नुपर्छ।’ उनका अनुसार परीक्षण गर्ने मौका यही हो भनेर कतिपयले कन्ट्याक्ट ट्रेसिङमा परेको देखाएर अनावश्यक रूपमा परीक्षण गर्न सक्छन्।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित पनि जोखिम समूहको पहिचान गरेर परीक्षण गर्नुपर्नेमा जोड दिन्छन्। ‘क्वारेन्टाइनमा रहेका र संक्रमित बसेका स्थानमा बसोबास गरिरहेकाहरू नै जोखिम समूहमा पर्छन्’, डा. दीक्षितले भने। जनस्वास्थ्यविद् प्राडा. शरद वन्त का अनुसार, क्वारेन्टाइनमा बसेका व्यक्तिलाई उच्च प्राथमिकता दिनुपर्छ। त्यसपछि कोरोना प्रभावित क्षेत्रमा यात्रा गरेका व्यक्तिलाई प्राथमिकता दिनुपर्छ। वडा तहमा १० प्रतिशतलाई परीक्षण

डा. दीक्षितका अनुसार परीक्षणको दायरालाई विस्तार गर्नु भने आवश्यक छ। ‘राज्यसँगको गुनासो के हो भने क्वारेन्टाइनमा बसेकाहरूको मात्र परीक्षण गर्ने होइन। ¥यान्डमली परीक्षण गर्न सक्नुपर्छ। हरेक वडाका १० प्रतिशतलाई समेट्नुपर्छ’, उनले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी सरकारलाई मात्र दोष दिएर कोरोना नियन्त्रण नहुने बताउँछन्। ‘सबै क्षेत्रबीच समन्वय र सहकार्यको जरुरी छ’, उनले भने। परीक्षण भने संख्यात्मकभन्दा आवश्यकताले निर्धारण गर्ने डा. वन्तको धारणा छ।  अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button