बिर्तामोड । बेढंङ्गे ताल, अकर्मण्य कार्यशैली, अविवेकी, अदूरदर्शी कार्यको सर्वत्र आलोचना र बिरोध भएपछि आगामी महाधिवेशनमा पराजित हुने डरले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विधान बिपरित कार्यकर्तालाई अर्थहीन पद बाडन थाल्नुभएको छ ।
पार्टी विधान अनुसार सबै बिभागीय संरचनाको गठन ६ महिनाभित्र गरिसक्नुपर्नेमा शेरबहादुर देउवाले विधानमा व्यवस्था नै नभएका बिभागहरु प्नि रातारात गठन गरेर महाधिवेशनमा आफ्नो पक्षमा भोट बढाउने उद्देश्यले पद बाडन थालेको बरीष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगाउनुभएको छ । देउवाले सोमबार मात्र १५ वटा विभागमा ६ सय ६८ जनालाई मनोनयन गर्नुभएको छ । उहाँले आइतबार राति ११ बजे १० र सोमबार अपराह्न थप ५ विभाग गठन गर्नुभयो ।
यसैबीच नेपाली कांग्रेसका जनाधार भएका र प्रभावशमली एक दर्जन केन्द्रीय नेताले सभापति शेरबहादुर देउवाले हालै गठन गरेका पार्टीका विभिन्न विभाग खारेज गर्न माग गरेका छन् ।
नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाइँ, रामकृष्ण यादव र किरण यादवले मंगलबार विज्ञप्ति नै निकालेर देउवाले अवैधानिरुपमा गठन गरेका विभाग खारेज गर्न र नयाँ गठन नगर्न सभापति देउवालाई चेतावनीसहित आग्रह गर्नुभएको हो ।
पार्टीका सबै तहको महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन र विभिन्न नियुक्ति गर्नुले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै उनीहरुले यो काम आचारसंहिताको ठाडो उलंघन भएको पनि बताएका छन् ।
पार्टी सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ता हो भन्दै नेताहरुले कस्तो कांग्रेस बनाउने, विधिको पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी हस्तान्तरण कसरी गर्ने भन्ने दायित्व देउवाकै भएको बताएका छन् ।
‘सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार पनि छैन, आफ्ना समकालीन साथीहरु र पार्टीको ठूलो पंक्तिको चित्त दुखाएर एक्लै हिँड्ने सहुलियत पनि देउवालाई छैन,’ नेताहरुले भनेका छन् ।
विधानअनुसार देउवाको चार वर्षको नियमित कार्यकाल गत फागुनमै सकिएको छ । २०७२ फागुनमा सम्पन्न १२ औं महाधिवेशनबाट पार्टी सभापतिमा चयन भएका देउवाको पदावधि २०७६ को फागुनमै सकिएको हो । नियमित महाधिवेशन गराउन नसकेपछि केन्द्रीय कार्यसमितिको बहुमतले विधानको सुविधा प्रयोग गर्दै महाधिवेशन सम्पन्न गर्नका लागि थप एक वर्ष कार्यकाल बढाइसकेको थियो । नियमित कार्यकाल सकिएको र महाधिवेशनको कार्यतालिकासमेत घोषणा भइसकेको अवस्थामा सभापति देउवासहित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरू कामचलाउ हैसियतमा छन् ।
महाधिवेशनको प्रक्रिया अघि बढिसकेका बेला कामचलाउ हैसियतमा रहेका सभापति देउवाले पूर्ण कार्यकारी हैसियतमा जस्तै केन्द्रीय विभागहरूको गठन, मनोनयन र नियुक्ति गर्न नैतिक र वैधानिक दुवै रुपमा नमिल्ने काँग्रेस नेता डाक्टर शेखर कोइरालाले बताउनुभएको छ ।
देउवाले गठन गरेको बिभागीय समितिमा मनोनयनमा परेकाहरु कतिपय त पार्टी संगठनमा कुनै भूमिका नभएका, गउँमा कार्यकर्ताले नचिनेका चाकडी र चाप्लुसीका भरमा पद हत्याएकहरु समेत रहेको काँग्रेस वृत्तबाटै गुनासोहरु अइरहेका छन् । वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित समेत हुन नसकेका, कार्यकर्ताका बीचमा अत्यन्तै अलोकप्रियलाई दोहो¥याई, तेहो¥याई पद सुम्पिएको देख्न सकिन्छ । झापाका एक पुराना कार्यकर्ताले जय लोकतन्त्रसगँ भने ,, बिभागमा बस्न मलाई पनि भनिएको थियो, तर यो म्याद सकिएको सकितिले गर्ने मनोनयनमा बस्न मलाई मेरो नैतिकताले दिंदैन र तपाई पनि यस्तो अनैतिक काम नगर्नुस भनिदिंए ।
कम्युनिष्ट सरकारको भ्रष्टाचार, अनियमितत, कमिशनखोरी, घुसखोरी, राज्यसत्ताको चरम दुरुपयो, जनतालाई आस्थाका आधारमा गरिएको चरम पक्षपातका बिरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका तर्फबाट कुनै ठोस बिरोध कार्यक्रम ल्याउन नसकेको, देशमा प्रतिपक्षी दल छ र ? भन्ने अवस्था सिर्जना गराएको, आफ्नै नेतृत्वमा गराएको चुनावमा पार्टीको यो हविगत भएको करण अब शेर बहादुर देउवाले नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बाटोमा अग्रसर नहुने हो र अझै १४ औं महाधिवेहनमा सभापति दोहो¥याउने हो भने नेपाली काँग्रेस पार्टीकाप्रति जनताको अकर्षण घट्ने र काँग्रेस प्रजा परिषदको अवस्थामा पुग्ने सच्चा लोकतन्त्रवादीहरुले देश बिदेशबाट चासो र चिन्ता जाहेर गरिरहेका छन् ।
तर पदको भोका र जनतालाई धोखा दिन पल्केका कलंकहरु अवैधानिकरुपमा पाँडे पजनी गरिएको पद पाएको मक्ख छन् । यस्ताहरुबाट न त पार्टी संगठन बलियो हुन्छ, न जनताको बिश्वास नै जित्न सकिन्छ । नैतिकता हुने र विधिको शासनमा बिश्वास राख्नेहरुले यस्तो लोभ र पापकर्ममा अल्मलिनु हुदैन भन्ने आदर्श सोच भएका कार्यकर्ताहरुको कमी भने काँग्रेसभित्र अहिले पनि छैन । महाधिवेशनमा कार्यकर्ताको बीचबाट चुनिएर, छानिएर आउन नसक्नेहरुलाई देउवाले बाँडेको पद स्वीकार गरेको परिणाम त पार्टीको आगामी महाधिवेशनमा कार्यकर्ताले भोगाउने नै छन् । एक निष्ठावान कार्यकर्ताले जय लोकतन्त्रलाई परिणाम सुनाए ।Jayloktantra Online -August 11



