खेलकुद

होएबिएर टोटेनहममा अनुबन्धित

बुधबार, श्रावण २८, २०७७

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्सपरले प्रिमियर लिगकै साउथह्याम्पटनबाट डेनिस मिडफिल्डर पिएर एमिल होएबिएरलाई अनुबन्ध गरेको छ ।

साउथह्याम्पटनसँग सम्झौताको अन्तिम वर्षमा रहेका २५ वर्षीय मिडफिल्डरलाई अनुबन्ध गर्न टोटेनहमले १५ मिलियन पाउण्ड खर्चेको छ । बायर्न म्युनिखको एकेडेमीमा हुर्केर त्यहीं सिनियर फुटबलमा डेब्यु गरेका होएबिएर सन् २०१६ मा १२.८ मिलियन पाउण्डमा इंग्ल्यान्ड आएका थिए ।

होएबिएरले पछिल्लो सिजन साउथह्याम्पटनको कप्तानी समेत सम्हालेका थिए । तर सिजनको मध्यतिर नयाँ सम्झौता गर्न आनाकानी गरेपछि उनको कप्तानी पद खोसिएको थियो । होएबिएरलाई अनुबन्ध गर्न एभर्टनले इच्छा जाहेर गरेपनि टोटेनहमले खेलाडी र क्लब दुवैसँग सहमति गर्दै ट्रान्सफर सफल पारेको हो ।

होएबिएर टोटेनहम आउँदा स्पर्सका इंग्लिस डिफेन्डर काइल वाल्कर पिटर्स भने साउथह्याम्पटन गएका छन् । गत सिजन लोनमा उक्त क्लबबाट खेलेका पिटर्सलाई अनुबन्ध गर्न साउथह्याम्पटनले १२ मिलियन पाउण्ड खर्चेको हो । दुवै खेलाडीले ५ वर्षको सम्झौता गरेका छन् ।

पिटर्सले सन् २०१७ मा फिफा यू-१७ विश्वकप जितेका थिए । टोटेनहमकै एकेडेमीमा हुर्केका उनले क्लबको सिनियर टोलीका लागि २४ खेल समेत खेलिसकेका छन् ।hamrolhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button