मूल खबर

धुलिखेल अस्पताल सिल

२९ श्रावण २०७७, बिहीबार
भगवती तिमल्सिना/मोतिराम तिमल्सिना, काभ्रे ।

कोरोना संक्रमित ९८ बर्षका बृद्धको परिवारले धुलिखेल अस्पताल लगायत समुदायका धेरै मानिसमा भेटघाट गरेको पाईएकोले धुलिखेल अस्पताल परिसरको विपि राजमार्ग देखि अस्पताल सम्म सिल गर्ने निर्णय गरेको छ ।

काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झा, अस्पतालका प्रवक्ता डा.सुमनराज ताम्राकार लगायत स्थानिय प्रतिनिधिहरु बसेको संयुक्त बैठकले अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

साथै संक्रमित ९८ बर्षका समाजसेवी बृद्धको धुलिखेल वडा नं ७ निवास रहेको क्षेत्रको ५ सय मिटर वरपर सिल गर्ने निर्णय गरेको छ । धुलिखेल अस्पतालले अति आवश्यक बाहेका सबै सेवा आईतबार देखि बन्द गर्ने निर्णय गरेको छ । धुलिखेल अस्पतालमा विहिवार एक जना बिरामी सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा मंगलबार कोराना संक्रमण पुष्टि भै धुलिखेल अस्पतालमै आइसोलेसनमा उपचार गराईरहेका ९८ बर्षका बृद्धकी १ बुहारी, १ नर्स, अर्का १ जना दमक घर भै धुलिखेल अस्पतालमै पित्त थैलीको अप्रेशनका लागि भर्ना भएका बिरामी र अस्पतालको अगाडि होलट व्यवसाय गर्दै आएका १ व्यवसायीका साथ ६ जना संघीय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालको नर्स सहित बिरामी, बिरामीका आफन्त लगायतलाई कोरोना संक्रमण भए लगतै धुलिखेल अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा अर्को निर्णय नभए सम्मका लागि बन्द गरिएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल वरपर व्यापार व्यवसाय गर्नेहरुलाई पनि घरमै बस्न् आग्रह गर्ने तयारी गर्दै छन् । धुलिखेल नगरपालिकामा संक्रमृत बृद्धाको घर धुलेखेल बजारमै भएकाले सिल गर्ने बिषयमा छलफल जारी छ । साथै अस्पतालमा पनि थप व्यवस्थापनका लागि छलफल जारी रहेको स्रोतले जनाएको छ ।

संक्रमित बृद्ध परिवारका सदस्यहरुले अस्पताल लगायत समुदायका धेरै व्यक्तिसँग भेटघाट गरेका पाईएकाले कन्ट्रयाक ट्रेसिङ जारी रहेको अस्पतालले जनाएको छ । संक्रमित प्रहरीहरुका साथ अन्य थप प्रहरी पनि बस्दै आएको बुझिएको छ ।newsofnepal/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button