खेलकुद

डेम्बेले ९ महिनापछि बार्सिलोना टोलीमा

बिहिबार, साउन २९, २०७७

एजेन्सी – च्याम्पियन्स लिगका लागि लिस्बन भ्रमणमा निस्कनुअघि बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले टोलीको नाम सार्वजनिक गर्दा ओसमाने डेम्बेले पनि समेटिएका छन् । डेम्बेले नौ महिना पछि टोलीमा समेटिएका हुन् ।

सेटिनले नेपालीविरुद्ध शनिबार भएको प्रिक्वार्टरफाइनलमा पनि डेम्बेलेलाई अन्तिम १६ भित्र राखेका थिए । तर, फ्रान्सेली विङ्गरमा आत्म विश्वासको कमी देखिएका कारण मैदानमा भने उतारेनन् ।

डेम्बेले टोलीबाट भने पूर्ण रुपमा ठीक भएको विश्वास गरको छ । शुक्रबार बायर्न म्युनिखविरुद्ध हुने क्वार्टरफाइनलमा उनले केहि मिनेट भएपनि मौका पाउने आशा गरिएको छ । यदि उनी परिवर्तित खेलाडीका रुपमा रहेनन् भने सुरुवात गरेर पछि परिवर्तन पनि हुन सक्ने अनुमान गरिएको छ ।

सेटिनको २६ सदस्यीय टोलीमा सामुइल उम्टिटी भने छ्रनन् । उनी पनि टोलीबाट ठीक हुने क्रममा रहेका छन् । तर, मार्टिन ब्रथवेट भने टोलीसँगै लिस्वन जानेछन् । यद्दपी नाम दर्ता नभएका कारण उनले च्याम्पियन्स लिग खेल्न पाउने छैनन् । २६ सदस्यीय टोलीमा बार्सिलोना ‘बी’ का नौं खेलाडी समेटिएको छ । बिहीबार लिस्बन पुग्ने टोलीले दिउँसो अभ्यास गर्ने बताइएको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button