खबर

देउवाले बनाएका विभागमा बस्न नेता र कार्यकर्तालेनै गरेअस्वीकार

२९ साउन २०७७
बिर्तामोड । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बिधान र निर्वाचन आचारसंहिता बिपरित बिभिन्न अबैधानिक समितिमा मनोनयन गरेकामा आपत्ति जनाउँदै काँग्रेसका निष्ठावान नेता कार्यकर्ताले त्यस्तो अवैधानिक पद अस्वीकार गर्न थालेका छन् ।

सभापति देउवाले एकलौटी रूपमा ४७ मध्ये ३० बढी विभाग गठन गरेपछि सवत्र्र आलोचना हूँदै आएको छ । यसैक्रममा दैलेखका कांग्रेस नेता शिवराज जोशीले पार्टी विभागमा बस्न अस्वीकार गर्नुभएको छ । देउवाले पूर्वश्रम तथा यातायात व्यवस्था राज्यमन्त्री समेत रहेका जोशीलाई साउन २५ गते राज्य प्रशासन विभाग सदस्य मनोनित गरेका थियो ।
आफू विभाग सदस्य रहेको जानकारी पाएको तीन दिनपछि जोशीले सार्वजनिक रूपमा विज्ञप्ति जारी गर्दै आफू उक्त विभागमा नबस्ने उनुभएको हो । देउवाले विभाग संयोजकमा झापाका केशवकुमार बुढाथोकीलाई मनोनित गर्नुभएको थियो । उक्त विभागमा जोशीसहित ४१ सदस्य मनोनित हुनुभएको थियो । जोशीको नाम २२ औं नम्बरमा थियो । आफू विभागमा नबस्ने जानकारी पार्टी केन्द्रीय कार्यालय, नेताहरूलाई र सामाजिक सञ्जालमासमेत राखिदएको जोशीले बताएकाछन् ।

प्युठान कांग्रेस जिल्ला कार्यसमितिका पूर्वसभापति सुभाष केसीले पनि विभागमा बस्न असहमति जनाएकाछन् ।उनी निर्माण व्यवसायी समन्वय विभाग सदस्य मनोनित भएका थिए । उक्त विभाग संयोजकमा भने वीरबहादुर बलायर रहेकाछन् ।
देउवाले गठन गरेको उक्त विभागमा केसीको नाम ६ नम्बरमै थियो । साउन २५ मै गठन भएको उक्त विभागमा जोशीसहित ३९ सदस्य मनोनित हुनुभएको थियो ।
‘विधानमै नभएको विभाग सिर्जना गरेर सदस्यमा राखिएकोले बस्न अनुपयुक्त महशुस गरेको हुँ,’ केसीले भने, ‘म यो विभागमा बस्दिनँ । १३ औं महाधिवेशन भएको छ महिनामा गठन गरिसक्नुपर्ने विभाग १४ औं महाधिवेशनको निर्वाचन मितिसमेत घोषणा भइसकेको अवस्थामा गठन गरिएकोले महाधिवेशन संघारमा यो विभागमा बस्नु नैतिकरुपमा पनि उचित छैन र कुनै औचित्य हुन्न ।’

काँग्रेस जिल्ला सभापतिकोहरको समेत आपत्ति
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका ५० बढी जिल्लाका जिल्ला सभापतिले पार्टीको १४औँ महाधिवेशन घोषणा भइसकेको परिस्थितिमा पार्टीका विभिन्न विभागमा मनोनयन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता, पार्टीको आन्तरिक लोकतन्त्रलाई गिज्याउने र हाँस्यास्पद भएको जनाएका छन् ।
काठमाडौँ उपत्यकामा उपलब्ध र अन्य माध्यमबाट सम्पर्कमा रहनुभएका काँग्रेसका जिल्ला सभापतिको बुधबार सम्पन्न बैठकले वर्तमान केन्द्रीय समितिलगायत सम्पूर्ण समितिले आफ्नो कार्यकालको अवधि पूरा गरिसकेको अवस्थामा विभागमा अवैधानिक एवं स्वेच्छाचारी ढङ्गले गरिएको मनोनयन खारेज गर्न माग गरेका छन् । बैठकले लामो समय कसैलाई पनि जिम्मेवारी नदिइ स्वेच्छाचारी तवरले सञ्चालन गरी महाधिवेशनको पूर्वसन्ध्यामा गठन भएका विभागलाई अमान्य ठहर गरेको काँग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिएकाछन् ।
गल्ति गर्नेलाई तत्काल कारवाही गरिनुपर्नेलाई नगरी महाधिवेशनको कार्यतालिका प्रकाशित भइसकेपछि प्रतिशोधको आधारमा बिधान बिपरित कारवाही गरिएको जनाउँदै त्यस प्रकारका गतिविधि रोक्नु नेतृत्वसँग आग्रह गरेको छ । साथै आसन्न १४औँ महाधिवेशनबाट आर्थिक पारदर्शिता, स्पष्ट राजनीतिक दृष्टिकोण, स्थानीय तहसम्मका मतदाताले प्रत्यक्ष अनुभूति गर्ने गरी भावि रणनीतिक योजनासहित नीति तथा नेतृत्व स्थापित गर्ने अभियानको घोषणासमेत गरिएको छ ।

महिला संघ तनहुँकी उपसभापति चन्द्रकला भट्टराईले पनि विभागमा बस्न अस्वीकार गरेकीछन् । सभापति देउवालाई सम्बोधन गर्दै केन्द्रीय कार्यालय सानेपामा पत्र पठाउनुभएकी भट्टराईले महाधिवेशन प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभागमा बस्नुको औचित्य नभएको बताईन् ।
सभापति देउवाले साउन २५ मै भट्टराईलाई स्थानीय तह समन्वय विभाग सदस्य मनोनित गर्नुभएको थियो । विभागको संयोजकमा अर्जुनप्रसाद जोशी रहेकाछन् । भट्टराईसहित उक्त विभागमा ३८ जना छन् । भट्टराईको नाम २१ नम्बरमा थियो ।

यसैबीच कांग्रेसका १२ जना केन्द्रीय सदस्यले साउन २७ गते संयुक्त रूपमा विज्ञप्ति निकालेर गठन भएका विभाग खारेज गर्न आग्रह गरेका थिए । केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादवले मंगलबार निकालेको विज्ञप्तिमा अहिले विभाग गठन गर्नु औचित्यहीन भएको बताएकाछन् ।
अहिले गठन गरेका विभागहरूले आफ्नो जिम्मेवारीअनुसार काम गर्न समय नपाउने पनि उनीहरूको भनाइ छ । २८ विभाग रहेकोमा सभापति देउवाले संख्या बढाएर ४७ पु¥याएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button