
सुके सिमानाका 150 जना विभिन्न पार्टी त्यागेर हिल तृममूलमा सामेल
अगस्ट 13, 2020
दार्जिलिङ : दार्जिलिङको सुके सिमाना क्षेत्रका 150 जनाले विभिन्न पार्टी त्यागेर हिल तृममूल कांग्रेसमा सामेल भएका छन्। तृणमूल काङ्ग्रेसलाई समर्थन जनाउनेहरूमा सुकेपोखरी बजारका किशोर राई, मदन तामाङ, नव जागरण समाज, सिलगढी सेन्डिकेटका कार्यकर्ता लगायत विनयपन्थी गोर्खा जनमुक्ती मोर्चाका समर्थकहरू रहेका छन्। तिनीहरूलाई सुके खण्ड समितिले युवक संघ सार्वजनिक भवनमा हिल तृणमूल खण्ड अध्यक्ष एसके राईको अध्यक्षतामा सभा आयोजना गरेर पार्टीमा सामेल गराइयो। उक्त समर्थन सभामा हिल तृकं दार्जीलिङ महकुमा समिति संयोजक एनबी खवास उपस्थित रहेर पार्टीको उद्देश्य र जनताको प्रमुख चाहनाबारे अवगत गराए। तिनले दलको सिद्धान्त बारे प्रकाश पार्दै व्यवहारिक राजनीति गरेर पहाड़लाई बलियो बनाउन पार्टीको प्रमुख उद्धेश्य रहेको बताए। जनताले दैनिक भोगेर आएको समस्याको समधान गर्नु नै दलको उद्धेश्य रहेको साँचो एवं तथ्यपरक कुरोलाई बुझेर नै आज सुके खण्ड मात्र नभएर पहाड़का जनताले टिएमसीलाई समर्थन जनाइरहेको संयोजक खवासले दावी गरे। यस अवधि सुके मानेभञ्ज्याङ समष्टी समिति विस्तारको क्रममा एडेन शेर्पालाई अध्यक्ष, उर्गेन शेर्पा मुल सचिव अनि पञ्चायत प्रतिनिधिको रूपमा मदन तामाङ, अतेन्द्र सुब्बा अनि रमेश राईलाई चयन गरिएको छ।

देह व्यापार चलाएको आरोपमा युवक-युवतीसहित लज मालिक हिरासतमा
अगस्ट 13, 2020
सिलगढी : एनजेपी स्टेशन संलग्न एउटा लजमा देह व्यापार चलाएको अभियोगमा आज पुलिसले लजका मालिक, तिनका छोरासहित 3 जना युवती अनि 3 जना युवकलाई हिरासतमा लिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत केही दिनदेखि नै पुलिसले उक्त लजमाथि कठोर नजर राखिरहेको थियो। आज उक्त लज अघि 3 जना युवकलाई सन्देहजनक रूपमा घुमिरहेको देखेपछि पुलिसले इलाकावासीको सहयोगमा उक्त लज भित्र पसेर तिनीहरूलाई हिरासतमा लिएको बताइएको छ। तिनीहरूमा 3 जना युवक सिलगढी निवासी रहेको तथा 3 युवतीमध्ये एकजना कालेबुङ निवासी अनि अन्य 2 जना सिलगढी निवासी रहेको पुलिस सूत्रमार्फत् थाहा लागेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

अवैध सैगुनको काठसहित 2 पक्राउ
अगस्ट 13, 2020
अलिपुरद्वार : वन विभाग, पुलिस र एसएसबीले संयुक्त अभियान चलाएर 3 लाख रुपियाँको अवैध सैगुनको काठ उद्धार गरेको छ। अलिपुरद्वार जिल्ला अन्तर्गत पर्ने वीरपाडाको गारूचिरा इलाकाबाट आज बिहानै अवैध सैगुनको काठ सहित सारकी प्रधान र राम उराव नाम गरेको दुईजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। उक्त अवैध काठ दलगाउँ रेन्जले जफत गरेको हो।

सुके बजार 31 अगस्तसम्म 1 बजी दिउँसोसम्म खुल्ला रहने
अगस्ट 13, 2020
सुकेपोखरी : कोभिड 19 महामारीबिच क्षेत्रिय प्रशासनद्वारा सम्पूर्ण दार्जिलिङ पहाड़मा अनलक गरिए तापनि सुकेपोखरी व्यापारी सङ्गठन अनि पुलिस प्रशासनको सहमतिमा आगामी 31 अगस्तसम्म सुके बजार बिहान 6 बजीदेखि दिउँसो 1 बजेसम्म मात्र खुल्ला राख्ने निर्णय लिइएको छ। संगठनद्वारा लिइएको उक्त निर्णयबारे जानकारी गराउँदै सङ्गठनका शेखर गुरूङले केही सप्ताहसम्म शुक्रबार हाट पनि नलाग्ने बताए। यसको साथै निर्धारित समयमा बजार आएको बेला सामाजिक दूरी पालन गरिदिने तिनले सबैसित अपील पनि गरे। पश्चिम बङ्गाल सरकारद्वारा तोकिएको पूर्ण लकडाउनमा सुके बजार पूर्ण रूपले बन्द राखिने तिनले बताए। व्यापारी वर्गले पनि संगठनको निर्णयलाई आत्मसात गर्ने अनुरोध गरिएको छ।siliguritimes/from,india




