मूल खबर

सिन्धुपाल्चोकको भिषण पहिरो जाँदा २२ घर पुरिए

३० श्रावण २०७७, शुक्रबार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भिषण पहिरो जाँदा गाउँ नै पुरिएको छ । जुगल गाउँपालिका वडा नम्बर २ लिदिमा बिहान ७ बजे पहिरो जाँदा कम्तीमा २२ घर पुरिएको अनुमान गरीएकाे छ ।

पहिरोका कारण केही थप घरहरु जोखिममा रहेको जानकारी प्राप्त भएको उनले बताएका छन् । प्रहरी घटनास्थल पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

त्यस्तै, पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर लिएर घटनास्थलतर्फ जाँदै गरेको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी गराएका छन्।घटनाको थप विवरण आउन भने बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button