खबर

वैदेशिक रोजगार विभागको काम स्थगन

साउन ३१, २०७७

काठमाडौँ – वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एक सूचना जारी गर्दै विभागले अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरेको हो ।

विभागले संस्था दर्ता शाखाबाट प्रदान गरिने सेवाहरूमध्ये इजाजतपत्र नवीकरणको निवेदन र प्रगति विवरण बुझ्ने तर नवीकरण भइसकेका इजाजतपत्र अर्को सूचना जारी भएपछि मात्र प्रदान गर्ने निर्णय गरेको छ ।

राहत, उद्धार र अनुसन्धान तथा मुद्दासँग सम्बन्धित उजुरी विभागको इमेलमार्फत मात्र लिने, उद्धार राहत सेवा लिन विभाग पुग्नैपर्ने भएमा अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने, विभागले प्रदान गर्ने सेवासम्बन्धी जानकारी लिन विभागको टेलिफोन प्रयोग गर्न पनि आग्रह गरेको छ ।

संस्था दर्ता शाखाबाट प्रदान गरिने सेवामध्ये संस्था नवीकरणसम्बन्धी कार्य र वार्षिक प्रगति विवरण बुझ्ने कार्य मात्र गरिने विभागले जनाएको छ । नवीकरण भएको इजाजतपत्र भने अर्को सूचना जारी भएपछि मात्र वितरण गरिनेछ । यस्तै जुनसुकै सेवासम्बन्धी सोधपुछ तथा ताकेता इमेल तथा टेलिफोनमार्फत मात्र गर्न सकिने विभागले जनाएको छ । गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button