
करोडौँको अवैध सुनसहित 3 पक्राउ
अगस्ट 15, 2020
सिलगढी : डीआरआई-को टोलीले गत राति एनजेपी रेलवे स्टेशनमा अभियान चलाएर 26 केजी अवैध सुनसहित तीनजना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू क्रमैले महाराष्ट्र निवासी सौरभ शामराव शिरकन्डे, सन्देश अप्पा नराले एवम् शशिकान्त तानाजी कुटे सामेल छन्। जफत गरेको 26 केजी सुनको अनुमानित बजार मूल्य लगभग 14 करोड़ 9 लाख 11 हजार 424 रुपियाँ रहेको बताइएको छ। डीआरआईका वकील त्रिदीप साहाले बताएअनुसार डीआरआईको टीमले ब्रह्मपुत्र मेलमा धेरै मात्रा अवैध ल्याइरहेको गोप्य सुँइको पाएपछि अभियान चलाएर सन्देहको आधारमा तीनजना युवकलाई जाँचको लागि ट्रेनबाट ओर्लिन लगाए। यसपछि जाँच अवधि डीआरआई-को टोलीले तिनीहरूबाट 26 केजी ओजन भएको 160 पीस गोल्ड बार उद्धार गरे। उक्त सुन म्यान्मारदेखि तस्करी गरेर दिल्ली लगिरहेको सोधखोज अवधि तिनीहरूले बताए।
दार्जिलिङको लाल कोठीमा 74औँ स्वतन्त्रता दिवस पालन

अगस्ट 15, 2020
दार्जिलिङ : अन्य ठाउँहरूमा झैँ यता दार्जिलिङमा पनि 74औँ स्वतन्त्रता दिवस पालन गरियो। जीटीए चेयरम्यान अनित थापाले दार्जिलिङको लालकोठीमा राष्ट्रिय झण्डा उत्तोलन गरेर 74औँ स्वाधीनता दिवस पालन गरियो। यसको साथै स्वतन्त्रता संग्रामीहरूले देशलाई स्वाधीन गर्नको निम्ति पुर्याएको अमूल्य योगदानको स्मरण गर्दै तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरियो। यस अवसरमा उच्च अधिकारीहरू लगायत पार्टीका अन्य सदस्यहरू उपस्थित थिए।
कला संगम बिजनबारीद्वारा स्वतन्त्रता दिवस पालन

अगस्ट 15, 2020
बिजनबारी : बिजनबारी भेगको ख्याति प्राप्त साहित्यिक संस्थान कला सगमले आज 74औँ स्वतन्त्रता दिवस पालन गर्यो। संगमका सभापति पुनम दर्नालको सभापतित्वमा बिजनबारी बजार परिसरमा सामाजिक दूरी पालन गर्दै कुमुदरन्जन गिरीले राष्ट्रिय झण्डा उत्तोलन गरे। स्थानीय नाट्यकर्मी टीबी बराइलीले देशभक्ति गीत प्रस्तुत गरे।
यसैगरी, आज पुलबजार मध्य भागमा लेञ्जिङ समुहको आयोजनामा ७४ औं स्वतन्त्र दिवस पालन गरियो। भक्त कुमार सुब्बाको अध्यक्षतामा भएको यस कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि अभिकेशर छेत्रीले राष्ट्र ध्वज उत्तोलन गरे भने उपस्थित पुलबजारका संघ संस्थाका सदस्य एवम् बाल बालिकाहरूले राष्टिय गीत प्रस्तुत गरे।siliguritimes/from,india




