३२ साउन २०७७
बिर्तामोड । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कम्युनिष्टहरु मिलेर भएपनि, बाझेर भएपनि देश लुटेर खाने योजनामा लागेको आरोप लगाएकाछन् । सिटौलाले जसरी भएपनि देश र जनता लुटेर खानु कम्युनिष्टहरुको एक मात्र ध्येय रहेको जनताले अब बुझिसकेको पनि सिटौलालेबताएकाछन् ।
नेपाली काँग्रेस झापाद्वारा जिल्ला पार्टी कार्यालयआईतवार झापाको बिर्तामोडमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाल सरकारका पूर्व उप प्रधानमन्त्रीसमेत रहेका सिटौलाले ओली सरकारले गरेका ठूला भ्रष्टाचार काण्डको जनस्तरमा भण्डाफोर गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

जनताको बिश्वासलाई कुठाराघात गरेर कम्युनिष्टहरुले देश लुट्न लागिरहेको बताउँदै नेता सिटौलाले न्यायालय, अख्तिायार, लोकसेवा आयोग, प्रहरी प्रशासन लगायत राज्यका निकायहरु कब्जा गरेर आफू अनुकुल शासन लादन नेकपा उद्धत रहेको बताउनुभयो । कम्युनिष्ट सरकारले राज्यका निकाय कब्जा गरेपछि प्रेसलाई कब्जा गरेर अधिनायकवादी बाटोमा अघि बढन खोजीरहेको बताउँदै भने प्रेस स्वतन्त्रता चाहने पत्रकारहरुले कम्युनिष्ट सत्तको लोकतन्त्र बिरोधी गतिविधिको डटेर प्रतिवाद गर्नुपर्छ, नत्र प्रेस स्वतन्त्रता संकटमा पर्छ ।
भ्रष्टाचार र कमिशनको खेल बाहेक कम्युनिष्ट सरकार कोरोना संक्रमण नियन्त्रणमा उदासिन रहेको बताउँदै पूर्व गृह तथा उपप्रधानमन्त्री सिटौलाले झापाको कनकाईमा जनस्तरबाट स्थापना गरिएको कोरोना जाँच गर्ने पिसिआर ल्याब सञ्चालनको अनुमति नदिएर सरकारले देश र जनताकाप्रति बेइमानी गरिरहेको पनि उनले बताए ।
बिदेशी पार्टी र सरकारबाट प्रशिक्षण लिएर त्यहाँको जस्तै राज्य नियन्त्रित शासन प्रणाली स्थापनामा कम्युनिष्टहरुले अभ्यास गरिरहेको बताउँदै सिटौलाले भन्नुभयो, चीनमा अदालत, प्रेस सबै राज्यको नियन्त्रणमा छ, तर हाम्रोमा शक्ति पृथकीकरणको सिद्धान्तबाट चलेको हुदाँ त्याहााको जस्तो एकदलीय शासनको अभ्यासमा लागेर समय बर्वाद नगर्न ओली सरकारलाई सुझाव दिनुभयो । सिटौलाले आगाडी भने, यो एक्काइसौ। शताब्दी हो, अब कुनैपनि खालको अधिनायकवाद संसरमा टिक्दैन, नेपालमा त यो सम्भव नै छैन ।
ओली सरकारले मातेको मान्छे जस्तो बेसुरको गतिविधि गरिरहेको र यसले देशभित्रै र हाम्रा मित्रराष्ट्रहरुसँगको अन्तर्राष्ट्रिय सम्बन्ध समेत बिगारीरहेको छ, भन्नुहुँदै नेता सिटौलाले यति हुँदा पनि जनताले फेरि कम्युनिष्टलाई नै भोट हाल्ने हो भने देश बर्वाद हुने चिन्ता समेत ब्यक्त गरेका थिए।
कम्युनिष्टले गरेको अत्याचार, अन्याय, शोषण, दमन, पक्षपात र भ्रष्टाचारको बिरोधमा आफ्नै पार्टी नेपाली काँग्रेसले खरो बिरोधको कार्यक्रम नल्याएकोमा पार्टी सभापति र पदाधिकारीहरुको पनि उनले आलोचना गरेका थिए ।

नेपाली काँग्रेसको १४औं महाधिवेशन यही वर्षको फागुनमा हुनैपर्नेमा जोड दिंदै नेता सिटौलाले समयमा महाधिवेशन गर्न नसके त्यसपछि लगत्तै आउने स्थानीय निर्वाचन र आम चुनावमा सर्वसत्तावादी सोचको कम्युनिष्ट सत्तासँग लडन कठिन हुने भनाइ राखेका थिए ।
नेपाली काँग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा भएको सो कार्यक्रममा कार्यकर्ताहरुले काँग्रेसले दह्रो पतिपक्षको रुपमा आफूलाई प्रस्तुत गर्न नसकेको, सरकारले गरेका भ्रष्टाचारको मुद्दामा काँग्रेस नेतृत्व मौन बसेका, संगठनलाई गतिशील बनाउन नसकेको हुँदा आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने आवाज उठाएका थिए ।
यसरी आफ्रनो धारणा राख्नेहरुमा दीपक तामाङ्ग, कृष्ण हुमागाँई, उमा शिवाकोटी, गोपाल उप्रेती, सिता पौडेल, प्रकाश शिवाकोटी, मनिका माझाी बलराम कार्की, शेरबहादुर थापा लगायत हुनुहुन्थ्यो । त्यसैगरी सो जिल्ला स्तरीय भेलामा केन्द्रीय सदस्य, सुधिरकुमार शिवाकोटी, र भारतेन्दूकुमार मल्लिक, प्रदेश सांसद् ओमप्रकाश सरावगी, संविधानसभा सदस्य बिश्वद्विप लिङदेन पार्टी उपसभापति राम कट्टेल, सचिव तारावीर कटुवाल, कोषध्यक्ष केशवराज पाण्डे लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रेम सम्बाहमफेले आफ्नो विचार राखेका थिए ।



