
२ भाद्र २०७७
लतिलतपुर ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जादा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । राष्ट्रकवि घिमिरेको १०२ बर्षको उमेरमा काठमाडौं कपुरधारास्थित निजी निवासमा निधन भएको हो ।
उनको जन्म विं सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख(प्रबन्धजस्ता अनेकौं विधाउपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।



