
राम भन्छन् —‘ होटल ब्यवसायीको अवस्था नाजुक भएको छ’
झापा । झापा मेचीनगरका अगुवा होटल ब्यवसायी तथा सामाजिक अगुवा राम तामाङ्गले आम होटल ब्यवसायीको अवस्था नाजुक भएको बताएकाछन् । कोरोना महामारीका कारण बन्दाबन्दीले ल्याएको अवस्थाले यसको धेरै प्रभाव पर्यटन र होटल ब्यवसायको क्षेत्रमा रहेको उनले बताए । आज हामीले हाम्रो नियमिमत स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि कोरोना कहरमा मेचीनगरका होटल र होटल ब्यवसायीमा यसले पारेको प्रभावका बारेमा केन्ँिद्रत भएर अगुवा होटल ब्यवसायी तथा सामाजिक अगुवा राम तामाङ्गसँग गरिएको संवाद प्रस्तुत गरेकाछौँ।



