खबर

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ प्रहरीमा कोरोना संक्रमण

६ भाद्र २०७७, शनिबार

न्युज अफ नेपाल, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

दुई जना जनपद प्रहरी र ७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको हो । नेपालका परिवार सदस्य र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको बिहीबार स्वाब संकलन गरी परीक्षण गरिएको थियो । जसमा नेपालका ९ जना अंगरक्षकलाई कोरोना पोजिटिभ भएको रिपोर्ट आएको छ ।कोरोना संक्रमण पुष्टि भएका उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button