मूल खबर

नेकपामा सहमतिः ओलीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने

६ भाद्र २०७७

चौतारी पोष्ट अनलाइन , ललितपुर ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको लामो समयदेखिको आन्तरिक विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले आज अपरान्ह प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’लाई कार्यदलले सो प्रतिवेदन बुझाएको हो । साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारेर बुझाएको कार्यदलका एक सदस्यले चौतारी पोष्ट अनलाइनलाई जानकारी गराएकाछन्् ।
दुई अध्यक्षले पार्टीको विवाद मिलाउन उक्त पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल बनाएका थिए। प्रतिवेदनलाई पूर्णता दिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरिएको हो ।

प्रतिवेदनका आधारमा पार्टीभित्रको विवाद समाधान गरेर सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै एकता महाधिवेशनमा जाने तयारी छ। कार्यदलले तयार गरेको प्रतिवेदनमा २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पूर्णरुपमा सरकार चलाउने निचोड निकालेको छ। प्रतिवदेनमा पार्टीको पूर्ण अधिकार प्रचण्डले लिने, मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर पनि गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button