
झापा । झापाको हल्दिबारी ५ का राप्रपा र अन्य दलका गरी ५० जना अगुवा कार्यकर्ता शनिबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यता रहेको पार्टी प्रबेश कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस हल्दिबारी ५ का सभापति देवी दाहालले गरेका थिए ।
सो कार्यक्रममा नेपाली कांग्रेस हल्दिबारी सभापति दिलिप माबो, क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल र क्षेत्र नं। ३ प्रदेश ख सभापति नवीन बिमली,हल्दिबारी ५ का सचिव किरन दङ्गाललगायतले मन्तब्य समेत राखेका थिए । कार्यक्रममा नेता सिटौलाले जनताको पिर, व्यथामा कांग्रेस चुप लागेर नबस्ने बताए । नेता सिटौलाले काँग्रेस कार्यकर्तालाई अविचलित रहन आग्रह गर्दै नवप्रवेशीलाई सदस्यता हस्तान्तरण गरेका थिए ।



