
९ भदौ २०७७
होमराज राई
झापा । नेपाली ख्रीष्टियन समुदायसंग समाजिक अभियान्ताका नामले चिनिएका ज्ञानेन्द्र शाहील माफी मागेको छन् ।
केहीदिन अघि मकवानपुरमा राष्ट्रिय झण्डा जलाइएको भिडियो सार्वजनिक ज्ञानेन्द्र शाहीले आफूबाट तत्कालिन समयमा आफुले नेपाली ख्ीष्टियन समुदायीप्रति लगाइएको झुटो अभिब्यक्ति उपर चारैतिरबाट चर्को बिरोध आएपछि क्षमा याचना गरेका हुन्् ।
उनले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत भनेकाछन् ‘,् म समस्त नेपाली इसाई समुदायप्रति माफी माग्न चाहन्छु । यो घटनाले मलाई राष्ट्रिय झण्डा जलाइनुमा इसाईहरुको हात रहेको र इसाईकरणको प्रभाव हो भनेर इसाईप्रति आरोप लगाएका थिए ।तर, उनको भनाईप्रति चौतर्फी आलोचना भएपछि शाहीले आफ्नो भनााईलाई सच्याउँदै आफ्नो अभिब्यक्तिले कसैप्रति कुनै प्रकारको चोट पुगेको भए त्यसप्रति आफुले आफ्नो भनाईलाई कसैप्रति लक्षित नगरेको भन्दै सच्च्याएका छन् ।

उनले े नेपाली इसाई समुदायप्रतिको मेरो बुझाईमा कमिकमजोरी रहेको पत्ता लगाई मैले नेपाली इसाई समुदायप्रति यसअघिको अभिव्यक्ति फिर्ता लिने निर्णय गरेको हुँ ।
म कुनै पनि जात, धर्म र सम्प्रदाय विशेषको पक्षमा छैन । नेपालका मौलिक धर्म, परम्परा, संस्कृति, राष्ट्र र राष्ट्रियताप्रति पूर्ण वफदार रही सँधै राष्ट्र, राष्ट्रियता र जनजीविकाको पक्षमा लागि समृद्ध नेपालको पक्षमा सत्तिसाल झै भएर उभिरहनेछु ।
भ्रष्टचार विरोधी अभियानलाई उत्कर्षमा पुगिरहेको सम्बन्धित विषयमा गहन अध्ययन गर्ने तथा सरोकारवाला आधिकारिक निकायहरुसँग बुझ्ने प्रयत्न जारीरहने निर्णय गर्दै देशमा भएका सबै जाति, धर्म समुदायमा एकता, सद्भाव, सामुहिक सहभागिताको अपिल गर्दछु । हाम्रो नेपाल, हामी नेपाली कुनै पनि धार्मिक अतिवाद वा जातिवादलाई स्वीकार गर्दैन र सबैलाई समान व्यवहार हुनु पर्छ भन्ने मेरो मान्यता हो ।
नेपालको राष्ट्रिय झण्डा जलिएको भिडियो सार्वजनिक भएपछि उनले नेपाल ख्रीष्टियन समुदायलाई लक्षितगरी आएको अभिब्यक्ति राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, नेपाल ख्रीष्टियन पत्रकार संघ, नेपाल ख्रीष्टियन समाज, नेपाल इसाई नागरिक संघ, बिभिन्न सामाजिक संघ संस्थाहरुले प्रेस विज्ञप्ति जारिगर्नुका साथै बिभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नेपालको झण्डा जलाउने कार्यको बिरोध गर्दै उक्त घटनालाई जोडेर नेपालका ख्रीष्टियन समुदायमाथि बिभिन्न व्यक्तिहरुले झुटो आरोप अभिब्यक्तिप्रति गम्भीर ध्यानाकार्षण गर्दै आपत्ति प्रकट गरेका थिए ।



