खेलकुद

जोकोभिच सिनसिनाटी ओपन च्याम्पियन

आइतवार, भदौ १४, २०७७

एजेन्सी – विश्व नम्बर एक सवियन नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि जितेका छन् ।

न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई २–१ को सेटमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् ।

उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिचले मिलोसमाथि १–६, ६–३ र ६–४ को सेटमा जित निकाले । पहिलो सेट गुमाएपनि ३३ वर्षीय जोकोभिचले उत्कृष्ट पुनरागमन गर्दै पछिल्लो दुई सेट आफ्नो पक्षमा पार्न सफल भएका थिए । उनले च्याम्पियन बन्न दुई घन्टा समय खर्चिए ।
यससँगै जोकोभिचले स्पेनिस राफयल नाडालले राखेको ३३ मास्टर्स १००० सिरिजको कीर्तिमानलाई बराबरी गरेका छन् ।

महिलातर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले जितिन् । फाइनल नखेल्दै अजारेन्का च्याम्पियन बनेकी हुन् । फाइनल प्रतिद्वन्दी जापानकी नाओमी ओसाकाले बायाँ खुट्टाको ह्यामस्ट्रिङ चोटको कारण नाम फिर्ता लिएपछि अजारेन्का च्याम्पियन बनेकी हुन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button