खबर

प्राकृतिक र अग्र्यानिक पदार्थ उपभोगमा शिवाकोटीको जोड

१४ भदौ २०७७

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले प्रकृतिक र अग्र्यानिक खाद्य पदार्थ जडीबुटीको उत्पादन र उपभोग गर्न नगरबासीहरुमा बिशेष आग्रह गरेकाछन् ।
अग्यानिक कोसेली घर बिर्तामोड ५ पाथीभराटोलको प्रथम वार्षिकोत्सवका अवसरमा आईतवार आयोजित एक समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख शिवाकोटीले भने ’’ हाम्रा पिता पुर्खाले पत्ता लगाएका प्रकृतिक जडीबुटीको प्रयोगले मानिस स्वस्थ रहन्छ, अनि स्वस्थ मानिसले सुखी नेपाली र समृद्ध नेपालको यात्रालाई अघि बढाउनसक्छ ।’’
बिषक्त खाद्य पदार्थको सेवनले बिर्तामोड क्षेत्रमा किडनी र क्यान्सरका रोगीहरु बढीरहेको अवस्थामा बिर्तामोड नगरपालिकाले बिषदीरहित अग्र्यानिक अभियान सञ्चलन गरेपछि अहिले यस क्षेत्रमा किडनी र क्यान्सरका रोगीको संख्यामा कमी आएको पनि मेयर शिवाकोटीले बताए ।
तरकारी र माछामा धेरै बिषदी प्रयोग हुने गरेको बताउँदै मेयर शिवाकोटीले भन्नुभयो ’’ एकताका अग्र्यानिकको कुरा गर्दा मलाई गिज्याउनेहरु पनि अहिले अग्र्यानिक उत्पादन प्रयोग गर्न थालेका छन्, मलाई खुसी लागेको छ ।’’

माछामा हालिएको फर्मालिनले मानिसका धेरै भित्री अङ्गहरु ड्यामेज गर्ने बताउँदै नगर प्रमुख शिवाकोटीले भने ’’ माछाको कुरा गर्नासाथ मलाई उसको पोखरीको माछा बेच्न यस्तो कुरा गर्छ भन्नेहरु छन्, त्यसैले म यसमा धेरै बोल्न चाहन्न, अहिले नेपालमै उत्पादन भएका माछा र तरकारीले बिषादी प्रयोगको मात्रा घटेको छ ।’’
युवा ब्यवसायी अच्यूत दाहाल र कलपना दाहालले एकवर्ष अघिबाट संचालन गरेको उक्त अग्र्यानिक कोसेली घरले घोडताप्रे, घ्यूकुमारी, गर्जो, अमला लगायतका लाभकारी प्राकृतिक जडीबुटीको जुस, बिक्र बितरण गदैृ आएकाछन् ।
त्यसैगरी हर्रो, बर्रो, हडचुर, बुढो ओखती, पादनवेत, मजिटो, ज्वानो, मेथी, धनियाँ, कुरीलो, बोझो, जेठीमधु, सालधुप, गोकुलधुप, निमपत्ता, चिराइतो, पदमचाल, लगायतका ३३ प्रकारका जडीबुटीको मिश्रणबाट आफैं बनाइएको धुटोबाट काडापानी बनाएर पनि सेवा प्रवाह गरिएको युवा व्यवसायी दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button