१४ भाद्र २०७७, आईतवार
newsofnepal
न्युज अफ नेपाल, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४ जनाले ज्यान गुमाएका छन्।
आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट आज मात्रै ४ महिला र १० पुरुषको मृत्यु भएको जनाएका छन् । मृतक सुनसरी, बारा, महोत्तरी र काठमाडौँका क्रमश ७४, ४७, ६२ र ७२ वर्षीया महिला रहेका छन् ।
यस्तै, सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, महोत्तरीका ७० र ३५ वर्षीय दुई पुरुष, ललितपुरका २९ वर्षीय पुरुष, भक्तपुरका ६५ वर्षीय पुरुष, नवलपरासीका ६२ वर्षीय पुरुष र रुपन्देहीका ५७ र ६७ वर्षीय दुई पुरुष र रौतहटका ३० वर्षीय पुरुषको मृत्यु भएको गौतमले जनाए ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।



