झापा । स्थानियतहको निर्वाचनका समयमा जनतासँग गरिएका वाचा र संकल्पलाई मेचीनगरपालिकाका जनप्रतिनिधिहरुले अहिले कसरी पुरा गर्दैछन् एक पटक स्थानियतहको निर्वाचन २०७४ मा नेपाली काँग्रेस र तत्कालिन एमालेले ल्याएका घोषणा पत्र र संकल्प पत्रलाई आज हामीले प्रस्तुत गरेकाछौँ ।

नेकपा एमालेको आह्वान ः समृृद्ध नगरका लागि सूर्यमा मतदान
नेकपा (एमाले) मेचीनगर
स्थानीय तह निर्वाचन घोषणा पत्र—२०७४
आदरणीय मेचीनगरवासी जनसमुदाय,
नेपाली जनताको ६ दशकभन्दा लामो सङ्घर्षको परिणामको रूपमा प्राप्त संविधान कार्यान्वयनको चरणमा हामी छौँ । संविधानको सफल कार्यान्वयनको पहिलो सर्तको रूपमा रहेको निर्वाचन हाम्रो निकट रहेको छ । निर्वाचन मार्फत अधिकार सम्पन्न स्थानीय तह निमार्ण गर्ने अभिभारा पुरा गर्न गइरहेका छौँ । नेकपा एमालेको लगातारको प्रयास र दबाबका कारण स्थानीय तहले जनप्रतिनिधि प्राप्त गर्ने अवस्था सिर्जना भएको छ । आफूले चुनेका प्रतिनिधिमार्फत शासन गर्ने लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्दै केन्द्रीकृत शासन प्रणालीको अन्त्य गरी घरदैलोमै सरकारको उपस्थितिको अवधारणालाई मूर्त रूप दिने अवस्थामा हामी आइपुगेका छौँ ।
यस व्रmममा राष्ट्रिय स्वतन्त्रता, सामाजिक मुक्ति, मानव अधिकार लगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ । निरङ्कुशता विरोधी आन्दोलनमा सहभागी भई न्यायपूर्ण समाज निमार्णका लागि भएका सबै किसिमका आन्दोलनमा सहभागी हुनुभएका घाइते तथा अङ्गभङ्ग हुनुहुने सम्पूर्ण जनसमुदायलाई सम्मान व्यक्त गर्दछौँ ।
यस निर्वाचनमा युवाहरूको ठूलो पङ्क्तिले पहिलो पटक मताधिकारको प्रयोग गर्दै छ । स्थानीय सरकार सञ्चालन गर्ने सङ्कल्प सहित कैयौं युवाहरू उम्मेदवारका रूपमा खडा हुँदैछन् । लामो समयसम्म लोकतान्त्रिक प्रव्रिmया अवरुद्ध हुँदा नेतृत्व विकासको स्वाभाविक प्रव्रिmयामा क्षति पुगेको सन्दर्भमा युवाहरूको व्यापक सहभागिताले लोकतन्त्र जीवन्त हुने तथा जनताले गतिशील नेतृत्व पाउने अवस्था सिर्जना भएको छ । यस अवसरमा मताधिकार प्रयोग गर्न लागिरहेका सम्पूर्ण युवाहरूसहित मतदाताहरूलाई स्वागत अभिवादन गर्दै स्थानीय सरकार सञ्चालनमा सामेल हुन नेकपा एमाले हार्दिक आह्वान गर्दछ ।
स्थानीय तहको निर्वाचनबाट हामी स्थानीय सरकारको निर्माण गरिरहेका छौँ । अब स्थानीय तहको विकासका लागि केन्द्रको मुख ताक्नु पर्दैन । स्थानीय सरकार नै विकासको नेतृत्वकर्ता र अभिभावक समेत हुने छ । अतः मेचीनगरको समृद्धि र विकासको भावी रूपरेखा कस्तो बनाउने भन्ने कुराको निर्णय हामीले नगरको भावी नेतृत्व कस्तो पार्टी र कस्ता उम्मेदवारहरूको हातमा सुम्पदै छौँ भन्ने कुरामा निर्भर गर्दछ । यसका लागि नेकपा एमाले पार्टी र यसले उठाएका उम्मेदवारहरू सबैभन्दा उपयुक्त विकल्प हुन सक्छन् । यसको प्रमाणको रूपमा नेकपा एमालेले विगतमा सरकार चलाउन पाएको छोटो समयमै जनताको मन छुने गरी ल्याएका जेष्ठ नागरिक भत्ता, आफ्नो गाउँ—आफँै बनाऊँ जस्ता कार्यव्रmमदेखि राष्ट्रियताको पक्षमा लिएको अडान र आत्मनिर्भर अर्थतन्त्रका लागि अगाडि सारेका विचार र दृष्टिकोणलाई लिन सकिन्छ ।
मेचीनगरको समग्र विकास र समृद्धिका लागि नेकपा एमालेको तर्फबाट निम्न अनुसार मार्गचित्र र कार्यव्रmमिक योजनाहरू सार्वजनिक गर्दछौँ ः
नेकपा एमालेको नेतृत्वमा समृद्ध मेचीनगर निर्माणको मार्गचित्र
ज्ञ। मेचीनगरको समृद्धिका लागि कृषि र पर्यटन लक्षित कार्यव्रmमलाई प्राथमिकता साथ सञ्चालन गर्दै नगरलाई खाद्यान्न, तरकारी एवं दुधमा आत्मनिर्भर साथै देशकै पर्यटन गन्तव्य स्थलको रूपमा विकास गरिने छ ।
द्द। भौतिक विकास र पूर्वाधार निर्माणमा सडक सञ्जाललाई प्राथमिकता दिइने छ ।
घ। समृद्ध नगरका नागरिकहरूको समृद्धिको मापनका रूपमा सबै वर्ग, क्षेत्र र समुदायका नागरिकको सामाजिक सुरक्षा र सामाजिक न्यायलाई सुनिश्चितता प्रदान गरिने छ ।
द्ध। नगर र नागरिकका हरेक व्रिmयाकलापलाई आय आर्जन र रोजगारी सिर्जनासँग जोड्दै नागरिकको आर्थिक समृद्धि मार्फत नगरको आर्थिक समृद्धिमा जोड दिइने छ ।
छ। संविधानमा उल्लेख भएका नागरिकको मौलिक हक अन्तरगत सम्पूर्ण नगरबासीहरूबिच शिक्षा, रोजगारी, आधारभूत स्वास्थ्य सुविधा, स्वच्छ खानेपानी, खाद्य सुरक्षा, आवासको व्यवस्था, सूचनाको हक जस्ता विषयमा कार्यव्रmमलाई प्राथमिकताका साथ सञ्चालन गरिने छ ।
ट। समृद्ध नगर निर्माणका लागि समय सापेक्ष सूचना र प्रविधिको अधिकतम प्रयोग गरिने छ ।
ठ। समृद्ध नगर निर्माणको अभियानमा सहकारी र निजी क्षेत्रलाई सशक्त साझेदारका रूपमा प्राथमिकता दिइने छ ।
ड। स्रोत साधनको विगतको उपलब्धता, वर्तमानको अवस्था र भावी सम्भाव्यता अध्ययन गरी परियोजनाको अनुमानित लागत र आवश्यकताका आधारमा सम्पूर्ण परियोजनालाई अल्पकालीन (एक वर्षभित्र पुरा गर्ने), मध्यकालीन (पाँच वर्षभित्र पुरा गर्ने) र दीर्घकालीन (दस वर्षभित्र पुरा गर्ने) गरी तिन भागमा वर्गीकरण गरी द्रूत गतिमा कार्यान्वयन प्रव्रिmया अगाडि बढाइने छ ।
माथि उल्लिखित मार्गचित्रभित्र रहेर निम्नअनुसार कार्य गरिने छ ः
१. कृषि र पर्यटन ः समृद्धिको आधार
(क) व्यावसायिकता र आधुनिकतासहितको कृषि क्षेत्र
ज्ञ। कृषियोग्य जमिनको खण्डीकरणलाई रोक्दै निजी, समूहगत तथा सहकारी मार्फत गरिने चक्लाबन्दी खेतीलाई प्रोत्साहन र अनुदानको नीति लिइने छ ।
द्द। व्यावसायिक कृषि तथा पशुपालनमा यान्त्रिकीकरणका लागि अनुदानको व्यवस्था गरिने छ ।
घ। नगरपालिकामा जनशक्ति र पूर्वाधार सहितको पशु एवम् कृषि परामर्शका लागि कृषि पाठशाला स्थापना गरिने छ ।
द्ध। सिँचाइ, मलखाद र बिउबिजनमा सहजीकरण र तोकिएअनुसार अनुदान उपलब्ध गराइने छ ।
छ। कृषि उपजको सङ्कलन, स्तरीकरण, भण्डारण र बजारिकरणमा कार्यव्रmमिक आधारमा अनुदान उपलब्ध गराइने छ ।
ट। व्यावसायिक अग्र्यानिक, प्राङ्गारिक एवं गँड्यौले मल उत्पादनलाई अनुदान सहित प्रोत्साहित गरिने छ ।
ठ। सुविधा सम्पन्न कृषि बजार (कृषि मन्डी) स्थापना र व्यवस्थित सञ्चालन गरिने छ ।
ड। फलफूल तथा तरकारीको भण्डारणका लागि नगर स्तरीय चिस्यान केन्द्र (कोल्ड स्टोर) स्थापना गरिने छ ।
ढ। फलफूल एवम् तरकारीमा विषादी परीक्षण प्रयोगशाला स्थापना गरिने छ ।
ज्ञण्। साना किसान र सहकारी क्षेत्रसमेतको सहभागितामा चिया कारखाना स्थापना गरिने छ ।
ज्ञज्ञ। विषादीरहित अग्र्यानिक फलफूल तथा तरकारी बजार स्थापना गरिने छ ।
ज्ञद्द। पशु तथा कृषि बिमा कार्यव्रmममा लागत सहभागितासहित सहजीकरण गरिने छ ।
ज्ञघ। सुपारी, अदुवा र अम्लिसो प्रशोधन केन्द्र स्थापना र विकासमा सहयोग गरिने छ ।
ज्ञद्ध। बेमौसमी अग्र्यानिक तरकारी खेतीलाई अनुदान सहित प्रोत्साहन गरिने छ ।
ज्ञछ। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला स्थापना गरिने छ ।
ज्ञट। भेटेरेनरी सेवालाई प्रभावकारी रूपमा सञ्चालन गरिने छ ।
(ख) पर्यटन प्रवर्धनमा मेचीनगरको समर्पण
ज्ञ। मेचीनगरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यका साथ बाहुनडाँगी क्षेत्रमा एकीकृत बहुउद्देश्यीय पर्यटन परियोजना सञ्चालन गरिने छ ।
द्द। नेपालको पूर्वी सिमाना काँकरभिट्टा प्रवेशद्वारलाई विश्व शान्तिका अग्रदूत गौतम बुद्धको आकर्षक प्रतिमा सहित अन्तर्राष्ट्रिय प्रवेशद्वारको रूपमा स्तरीकरण (ब्युटिफिकेसन) गरिने छ ।
घ। जातीय सांस्कृतिक पहिचानमा आधारित जीवन्त सङ्ग्रहालय स्थापना गरी विशेष प्रकारका जातीय पहिचानसहितका बस्तीहरू छनोट गरी होमस्टेको अवधारणासहित नमुना पर्यटन बस्तीको रूपमा विकास गरिने छ । यस्ता बस्ती निर्माण गर्दा घरको आकार, मोडल, रङरोगनमा एकरूपता कायम गरिने छ ।
द्ध। नगर क्षेत्रका सामुदायिक वन तथा सिमसार क्षेत्रको संरक्षण गर्दै पर्यावरणमैत्री पर्यटकीय गन्तव्यको रूपमा पूर्वाधारसहित विकास गरिने छ ।
छ। कालीखोलामा नौका बिहार, पातालगङ्गा, घैलाडुब्बा, कृष्णथुम्की, मिनी माउन्टेन लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास कार्यव्रmम सञ्चालन गरिने छ ।
ट। चिया पर्यटनको पूर्वाधार तयार गरिने छ ।
ठ। सहकारी पर्यटन (डेरी, हार्बेस्ट, चक्लाबन्दी खेती, गाई फार्म आदि) को विकास र प्रवर्धन गरिने छ ।
ड। मेचीपारिको नेपाल (ज्यामिरगढी) लाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने छ ।
ढ। साइन्स सिटी र तारामण्डलसहितको बाल उद्यान निर्माण गरिने छ ।
२. स्थायी नगर विकासको आधार ः भौतिक पूर्वाधारसहितको वडा सरकार
ज्ञ। प्रत्येक वडा कार्यालयका लागि आवश्यकता अनुसारको जग्गा व्यवस्था सहित भवन र भौतिक संरचना निर्माण गरिने छ । भौतिक संरचना निर्माण गर्दा अपाङ्मैत्री बनाइने छ ।
द्द। प्रत्येक वडामा वारुण यत्र (दमकल), एम्बुलेन्स सेवा र शव वाहन सेवाको पहुँच विस्तार गरिने छ ।
घ। प्रत्येक वडामा नगर सुरक्षा निकाय स्थापना गरिने छ ।
द्ध। आधुनिक प्रविधियुक्त नगर स्तरीय बहुउद्देश्यीय फोहोर मैला प्रशोधन एवं व्यवस्थापन केन्द्र स्थापना गरिने छ ।
छ। प्रत्येक वडामा वा संयुक्त रूपमा फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र स्थापना गरिने छ ।
ट। प्रत्येक वडामा सामुुुुदायिक भवन निर्माण गरिने छ ।
ठ। प्रत्येक वडामा जेष्ठ नागरिक एवं बालमैत्री सार्वजानिक पार्क निमार्ण गरिने छ ।
ड। जङ्गली हात्ती प्रवेश नियन्त्रणका लागि विद्युतीय तारबार (सोलार फेन्सिङ) को संरक्षण गर्दै अझ स्तरीय प्रविधिको खोजी गरिने छ ।
ढ। धुलाबारीमा रहेको पशुहाटको वैकल्पिक व्यवस्थापनसहित उक्त जग्गामा नगर स्तरीय सभागृह, प्रदर्शनी कक्ष एवं नाट्यशालासहितको बहुउद्देश्यीय संरचना निर्माण गरिने छ ।
ज्ञण्। बढ्दो यातायात चाप र जोखिमलाई न्यूनीकरण गर्न काँकरभिट्टा, इँटाभट्टा, धुलाबारी, धाइजन र चारआलीमा आकासे पुल निर्माण गरिने छ ।
ज्ञज्ञ। नगर स्तरीय लागु पदार्थ दुव्र्यसनी पुनःस्थापना (रिह्याबिटेसन) केन्द्र स्थापना गरिने छ ।
ज्ञद्द। विपत व्यवस्थापन केन्द्रसहित सार्वजनिक स्थलको व्यवस्थापन गरिने छ ।
३. एमालेको सरोकार ः सामाजिक सुरक्षा सहितको नगर सरकार
(क) जेष्ठ नागरिक, महिला, असहाय तथा अपाङ्गताको क्षेत्रमा गरिने कार्य
ज्ञ। राज्यद्वारा प्रदान गरिने जेष्ठ नागरिक भत्तामा नगरपालिकाको समेत सहभागितामा न्यूनतम रु.५००० पु¥याइने छ ।
द्द। हाल उपलब्ध गराइँदै आएको अपाङ्ग र एकल महिला भत्तालाई सम्मानजनक वृद्धि गरिने छ ।
घ। सहकारी संस्था र टोल विकास संस्थामार्फत जेष्ठ नागरिक, अपाङ्ग एवम् एकल महिला लगायतका सामाजिक सुरक्षा भत्ता घर घरमा पु¥याइने छ ।
द्ध। घरघरमा हुने वृद्ध वृद्धा, अशक्त एवं अपाङ्गहरूको रेखदेख एवं हेरचाहका लागि रेखदेख कर्ता (केयर गिभर) को व्यवस्थाका लागि परिवारलाई पे्ररित गर्दै नगरपालिकाको तर्फबाट समेत लागत सहभागिताको नीति लिइने छ ।
छ। नगर क्षेत्रभित्रका अनाथ एवम् असहाय बालबालिका र मानसिक सन्तुलन गुमाएका असहायहरूको संरक्षणका लागि उचित व्यवस्था गरिने छ ।
ट। समाजका जेष्ठ नागरिकहरूका लागि जेष्ठ नागरिक सामूहिक आवास योजना सञ्चालन गरिने छ ।
(ख) चिया मजदुर, सीमान्कृत, लोपोन्मुख एवम् अल्पसङ्ख्यक समुदायका क्षेत्रमा गरिने कार्य
ज्ञ। सीमान्तकृत, अल्पसङ्ख्यक र लोपोन्मुख जातिलाई दिइने भत्ताका अतिरिक्त श्रमको अवसर सिर्जना गरी सहभागिताका आधारमा थप रकम दिइने छ ।
द्द। चिया मजदुर, सिमान्तकृत, लोपोन्मुख र अल्पसङ्ख्यक समुदायका नगरबासीलाई निःशुल्क परिवार स्वास्थ्य बिमा कार्यव्रmम सञ्चालन गरिने छ ।
(ग) सामाजिक उत्तरदायित्व, विपद व्यवस्थापन र राहत व्यवस्था
ज्ञ। निश्चित मापदण्डका आधारमा कृषक प्रमाण पत्र वितरण गर्दै तोकिएअनुसार कृषक निवृत्तिभरण (पेन्सन) को व्यवस्था गरिने छ।
द्द। नगर क्षेत्रभित्र स्थायी बसोबास गर्नें विपन्न परिवारको छनोटका आधारमा रासन कार्ड मार्फत सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री आपूर्तिको व्यवस्था मिलाइने छ ।
घ। हात्ती प्रभावित क्षेत्रमा विशेष सुरक्षा योजना मार्फत समस्या निराकरण गर्ने र क्षतिपूर्तिको व्यवस्था गरिने छ ।
द्ध। आगलागी, बाढीपहिरो, हात्ती आव्रmमण जस्ता प्रकोपबाट पीडितहरूका लागि राहत कोषको व्यवस्था गरिने छ ।
छ। मेचीनगर स्तरीय पत्रकार राहत एवं उपचार कोष स्थापना गरिने छ ।
४. स्वस्थ नागरिक नगरको धन ः घरदैलोमा स्वास्थ्य सेवा हाम्रो प्रण
(क) आधारभूत स्वास्थ्य सेवा कार्यव्रmम
ज्ञ। दक्ष जनशक्ति व्यवस्थापन र स्वास्थ्य स्वयमसेविका परिचालन मार्फत प्रत्येक नागरिकका घरमा नियमित आधारभूत स्वास्थ्य परीक्षण र स्वास्थ्य शिक्षा कार्यव्रmम पु¥याइने छ ।
द्द। वार्षिक रूपमा सम्पूर्ण नागरिकहरूको न्यूनतम एक पटक अनिवार्य आधारभूत स्वास्थ्य परीक्षण कार्यव्रmम निःशुल्क सञ्चालन गरिने छ ।
घ। सबै प्रकारका खोपलाई निःशुल्क गरिने छ ।
द्ध। परिवार नियोजनसँग सम्बन्धित सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराइने छ ।
(ख) भौतिक पूर्वाधारसहितको स्वास्थ्य सेवा
ज्ञ। प्रत्येक वडामा भौतिक पूर्वाधारसहितको आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने छ ।
द्द। सरोकारवालासँगको सहकार्यमा आम्दा मेची अस्पताललाई सुविधा सम्पन्न प्रसूति अस्पताल (बर्थिङ सेन्टर) को रूपमा विकास गरिने छ ।
घ। धुलाबारीमा रहेको प्राथमिक स्वास्थ्य सेवा केन्द्रलाई कम्तीमा ५० शैयासहितको सिटी हस्पिटलको रूपमा विकास गर्ने, साथै पोस्टमार्टम सुविधा उपलब्ध गराइने छ ।
द्ध। नेपाल रेडव्रmस सोसाइटीसँगको सहकार्यमा ब्लड बैङ्क स्थापना गरिने छ ।
छ। नगरका सघन जनघनत्व भएका ठाउँमा निजी क्षेत्रसँग सहकार्य गरी आवश्यकता अनुसार सार्वजनिक शौचालय वा घुम्ती शौचालय व्यवस्थापन गरिने छ ।
ट। नगर क्षेत्रका सम्पूर्ण क्याम्पस एवं विद्यालयहरूमा अनिवार्य छात्रामैत्री शौचालयको व्यवस्था गराइने छ ।
(ग) रोग लाग्नुपूर्वको सचेतना र स्वास्थ्य सुधार कार्यव्रmम
ज्ञ। खाद्य पदार्थमा मिसावट एवम् अखाद्य वस्तु बेचबिखन विरूद्ध कठोर दण्ड सजायसहितको कानुन निर्माण गरी कडाइका साथ कार्यान्वयन गरिने छ ।
द्द। मदिरा बिव्रmी वितरणलाई कानुन बनाई व्यवस्थित गरिने छ ।
घ। गुट्खा, खैनी, चुरोटजस्ता स्वास्थ्यमा प्रतिकूल असर पार्ने सूर्तिजन्य वस्तुको उत्पादन र वितरणलाई निरुत्साहित गरिने छ ।
द्ध। आवश्यकता अनुसारका आधुनिक बधशाला निर्माण गरी मासुजन्य पदार्थको सुरक्षित बिव्रmी वितरणको व्यवस्था मिलाइने छ
छ। मासुजन्य पदार्थ र फलफूल तथा तरकारी बजारलाई छुट्टाछुट्टै रूपमा व्यवस्थित गरिने छ ।
ट। बालबालिकाका लागि सुनौला १००० दिन कार्यव्रmम प्रभावकारी रूपमा कार्यान्वयन गरिने छ ।
ठ। मापदण्डविपरीतका प्लास्टिक झोलाको प्रयोगमाथि प्रतिबन्ध लगाई उचित विकल्प दिइने छ ।
(घ) स्वास्थ्यमा अनुदान र राहत कार्यव्रmम
ज्ञ। नगरपालिकाको ५० प्रतिशत लागत सहभागितामा प्रत्येक परिवारमा स्वास्थ्य बिमा कार्यव्रmम पु¥याइने छ ।
द्द। नगरबासीलाई तोकिएअनुसारका गम्भीर प्रकृतिका रोग लागेको अवस्थामा स्वाथ्योपचार खर्चमा निति बनाई सहभागिता जनाइने छ ।
घ। महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण (भिआइए) लगायतका आधारभूत परीक्षण निःशुल्क गरिने छ ।
द्ध। विपन्न परिवारका महिला सुत्केरी हुदा दुई सन्तान सम्मका लागि प्रति पटक रु.२००० सुत्केरी पोषण भत्ता दिइने छ ।
छ। स्वास्थ्य स्वयम्सेविकालाई मासिक रु.५००० भत्ता उपलब्ध गराउँदै उनीहरूको भूमिका विस्तार गराइने छ ।
५ शिक्षामा सबैको सहज पहुँच
(क) निःशुल्क शिक्षा र गरिब तथा जेहेनदार छात्रवृत्ति
ज्ञ। नगरमा स्थायी बसोबास गरिने छ । नागरिकहरूका बिचमा कक्षा १२ सम्म (माध्यमिक) को शिक्षा पूर्ण निःशुल्क गरिने छ ।
द्द। एमफिल एवम् विद्यावारिधि गर्न चाहने गरिब तथा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिने छ ।
घ। नगर क्षेत्रभित्र रहेका सम्पूर्ण मदरसाहरूको व्यवस्थित सञ्चालनको प्रबन्ध मिलाइने छ ।
द्ध। अपाङ्ग एवं सुस्त मनस्थिति भएका बालबालिकाहरूका लागि भौतिक संरचना निर्माण सहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने छ ।
(ख) चिया मजदुर, विपन्न, लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायका लागि विशेष छात्रवृत्ति
ज्ञ। चिया मजदुर, लोपोन्मुख अल्पसंख्यक र सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई स्नातक तहसम्म र छात्राहरूका लागि स्नातकोत्तर तहसम्मको शिक्षाका लागि नगरपालिकाको तर्फबाट छात्रवृत्ति उपलब्ध गराइने छ ।
द्द। विपन्न समुदायका दलित, आदिवासी र जनजाति समुदायको तर्फबाट स्नातकोत्तर तह अध्ययन गर्ने छात्राहरूका लागि छात्रवृत्ति प्रदान गरिने छ ।
(ग) शैक्षिक संस्थाहरूको स्तरोन्नति र व्यवस्थापन
ज्ञ। त्रिदेव बहुमुखी क्याम्पस (चारआली) लाई बहुविषय सहितको स्नातकोत्तर क्याम्पसका रूपमा विकास गरिने छ ।
द्द। धुलाबारी क्याम्पसमा इन्जिनियरिङ कक्षा र काँकरभिट्टा क्याम्पसमा प्राविधिक विषयका कक्षाहरू सञ्चालन गरिने छ ।
घ। बाहुनडाँगी क्षेत्रमा सामुदायिक क्याम्पस स्थापना गरिने छ ।
द्ध। धुलाबारी माविमा सञ्चालन भइरहेको प्राविधिक शिक्षाको स्तर वृद्धि गर्दै अन्य सामुदायिक माध्यमिक विद्यालयमा समेत व्रmमशः प्राविधिक विषय अध्यापन गराउने व्यवस्था मिलाइने छ ।
छ। सम्भाव्य विषय छनोटका आधारमा नगर क्षेत्रभित्र प्राविधिक शिक्षालय स्थापना र विकास गरिने छ ।
ट। नगर क्षेत्रभित्रका सम्पूर्ण निजी एवं सामुदायिक विद्यालयहरूमा इन्टरनेट र कम्प्युटरको प्रयोगात्मक विधिबाट पठन पाठनलाई अनिवार्य गराइने छ ।
ठ। प्रत्येक वडाका सामुदायिक विद्यालयको स्तर उन्नतिका लागि विशेष कार्यव्रmम सञ्चालन गरिने छ ।
ड। संस्थागत विद्यालयको नियमन, सुपरीवेक्षण तथा अनुगमनका लागि प्रभावकारी कानुन बनाई स्तरीकरण गरिने छ ।
ढ। नगर क्षेत्रको आवश्यकताका आधारमा स्थानीय पाठ्यव्रmम निर्माण गरी लागु गराइने छ ।
(घ) कला, साहित्य र साक्षरता कार्यव्रmम
ज्ञ। नगर क्षेत्रभित्रका स्थापित स्रष्टा एवम् सर्जकहरूको सम्मान साथै नवोदित साहित्यिक प्रतिभा एवं कलाकर्मीहरूको प्रोत्साहनका लागि साहित्यिक एवं सास्कृतिक प्रतिष्ठान गठन गरिने छ ।
द्द। प्रत्येक वडामा वडा स्तरीय वाचनालय स्थापना गरिने छ ।
घ। आवश्यकताका आधारमा प्रौढ शिक्षा, अनौपचारिक बाल शिक्षा र साक्षरता कार्यव्रmम सञ्चालन गरिने छ ।
द्ध। त्रिफला राष्ट्रिय पुस्तकालयलाई स्तरोन्नति गरी नमुना पुस्तकालयको रूपमा विकास गरिने छ ।
६. जीवन समृद्धिको आधार ः योजनासहित सबैमा रोजगार
ज्ञ। औद्योगिक क्षेत्रको किटानीसहित रोजगारमूलक उद्योग स्थापनाका लागि प्राथमिकता दिइने छ ।
द्द। व्यावसायिक पशुपालन एवम् कृषि कर्जामा ब्याज अनुदानमार्फत रोजगारी सृजनालाई प्रोत्साहन दिइने छ ।
घ। सीपमूलक एवम् प्राविधिक तालिमसहित दक्ष जनशक्ति उत्पादनमा जोड दिइने छ ।
द्ध। सहकारी र निजी क्षेत्रको सहकार्यमा रोजगारी सिर्जना र व्यवस्थापन सम्बन्धी कार्य गरिने छ ।
छ। टोल विकास संस्थामार्फत उद्यमशिलता विकास कार्यव्रmम सञ्चालन गरिने छ ।
ट। स्थानीय कच्चा पदार्थमा आधारित घरेलु उद्योगलाई प्राथमिकता सहित प्रवर्धन गरिने छ ।
ठ। नगरभित्रका सम्पूर्ण सङ्गठित तथा असङ्गठित मजदुरहरूका लागि न्यूनतम पारिश्रमिक निर्धारण गरिने छ ।
७. सुरक्षित पिउने पानी ः जनताको पहुँचमा पु¥याउँछौँ हामी
ज्ञ। बाहुनडाँगी, दुहागढी, धाइजन, ज्यामिरगढी लगायतका क्षेत्रमा खानेपानी आयोजना सञ्चालन गरी नागरिकलाई सुरक्षित पिउने पानीको व्यवस्था गरिने छ ।
द्द। हाल सञ्चालनमा रहेका काँकरभिट्टा र धुलाबारी खानेपानी आयोजनाहरूको क्षमता विस्तार गरी पानीको पहुँच नपुगेका क्षेत्रका घर घरमा सुरक्षित पिउने पानी पु¥याइने छ ।
घ। प्रत्येक सामुदायिक विद्यालय, सार्वजानिक भवन, औद्योगिक प्रतिष्ठान, बस पार्क लगायतका सार्वजानिक सरोकारका क्षेत्रमा अनिवार्य स्वच्छ पिउने पानी व्यवस्था गरिने छ ।
८. सडक सञ्जाल, ढल निकास र यातायात व्यवस्था
ज्ञ। नगर स्तरीय सडक निर्माणका लागि सडक सञ्जाल गुरुयोजना तयार पारिने छ ।
द्द। नगरपालिकाभित्रका प्रत्येक वडालाई कालोपत्रे सडकले जोडिने छ ।
घ। सम्पूर्ण वडालाई छुने गरी चव्रmपथ विस्तार तथा स्तरोन्नति गरिने छ ।
द्ध। नगर स्तरीय योजनाको रूपमा निम्न मार्गहरूलाई स्तर उन्नति तथा कालोपत्रे गरिने छ ः
मेचीनगरको बाह्य चव्रmपथ ः बाहुनडाँगी — काँकरभिट्टा — ज्यामिरगढी
(सतिघट्टा, गोमनसरी, विचार्नी) — दुहागढी — तेलिबारी — छविलमार्ग, धाइजन—शान्तिनगर ३० किमी
सूर्योदय मार्ग (बाहुनडाँगी हुँदै श्रीअन्तु जोड्ने)
गोकुल मार्ग (ज्यामिरगढी—इँटाभट्टा—बाहुनडाँगी)
सहिद मार्ग (ज्यामिरढी—धुलाबारी—शान्तिनगर)
थिर बम मार्ग र सहिद मार्ग (चन्द्रगढी—धाइजनमोड—धाइजन)
झापा मार्ग (नकलबन्दा—धुलाबारी—धाइजन—शनिश्चरे)
बुधबारे—धुलाबारी—बाहुनडाँगी मार्ग (सामुदायिक मार्ग)
धुलाबारी (नेम्वाङ पेट्रोल पम्प) बाट शान्तिगर—बाहुनडाँगी हुँदै इलाम जोड्ने मार्ग (सेङ्लेनटार जोड्ने बाटो)
बर्नेबाट बेसीबजार बौद्धमोड जोड्ने बाटो
चुरे मार्ग (पाटापुरदेखि शान्तिनगरहुँदै बुधबारे जोड्ने सडक)
बाहुनडाँगी जिर्मले सडक
काँकरभिट्टाबाट सतिघट्टा हुँदै भद्रपुर जोड्ने सडक
सहिद वीरेन मार्ग (सतिघट्टा—धुलाबारी क्याम्पस—दुहागढी)
छ। काँकरभिट्टा बसपार्कलाई साना सवारीसमेत पार्किङ गर्न मिल्ने गरी व्यवस्थित पार्किङ स्थलको रुपमा विकास गरिने छ ।
ट। प्यारीभिट्टा बसपार्कलाई स्तर उन्नति र व्यवस्थित गरिने छ ।
ठ। बाहुडाँगी, चारआली, इँटाभट्टा र धुलाबारीमा सवारी साधन पार्किङ स्थल व्यवस्थापन गरिने छ ।
ड। नगर स्तरीय बस सेवा सञ्चालन गरिने छ ।
ढ। नगर क्षेत्रका सम्पूर्ण सहायक मार्गलाई मापदण्डअनुसार स्तर उन्नति गरिने छ ।
ज्ञण्। नगर क्षेत्रभित्रका मापदण्ड पुरा गरेका सम्पूर्ण सडकमा व्यवस्थित ढल निर्माण र निकासको व्यवस्था गरिने छ ।
९. समृद्धिको बाटोमा अग्रसर ः उद्योग व्यवसाय मैत्री मेचीनगर
ज्ञ। ज्यामिरगढी—दुहागढी क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा प्रवर्धन गरिने छ ।
द्द। रोजगारी सिर्जना गर्ने संख्याका आधारमा निश्चित वर्षसम्म उद्योग व्यवसायमा कर छुट गरिने छ ।
घ। औद्योगिक एवं व्यावसायिक प्रतिष्ठाको सुरक्षाको प्रत्याभूति दिइने छ ।
द्ध। उद्योग व्यवसाय दर्ता तथा नवीकरण प्रव्रिmया सरल र झन्झटरहित बनाइने छ ।
छ। करको दरलाई उद्योग मैत्री बनाउदै करको दायरालाई फराकिलो बनाइने छ ।
ट। धाइजन क्षेत्रको कालिझोडालाई मुडा उद्योगको संरक्षित क्षेत्रका रूपमा प्रवर्धन गरिने छ ।
ठ। काँकरभिट्टा स्थित मिनी मार्केटमा अत्याधुनिक सुविधा सम्पन्न व्यावसायिक सपिङ कम्प्लेक्स निर्माण गरी २४ सै घन्टा व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गरिने छ ।
१०. सिँचाइ र नदी नियन्त्रण
ज्ञ। नगर क्षेत्रको सम्पूर्ण खेतीयोग्य जमिनमा नहर÷पैनी सिँचाइ, डिप बोरिङ लगायतका वैकल्पिक सुविधा मार्फत सिँचाइ सुविधा उपलब्ध गराउने साथै विद्यमान नहरहरूको संरक्षण र स्तरोन्नति गरिने छ ।
द्द। मेची, निन्दा, टिमाई, काली, पालिया, हडिया, राइसिङ, धाइसिङ, तिरिड., फूलबासा लगायतका संवेदनशील नदी कटान क्षेत्रमा प्राथमिकता साथ तटबन्ध र नदी नियन्त्रण कार्य गरिने छ ।
घ। सिद्धि नहरको स्तर उन्नतिसहित बारै महिना सिँचाइको व्यवस्था सहित सिँचित क्षेत्र विस्तार गरिने छ ।
द्ध। निन्दा नदी नियन्त्रणका लागि तटबन्ध, सडक, सिँचाइ र वृक्षरोपण सहितको एकीकृत बहुउद्देश्यीय परियोजना सञ्चालन गरिने छ ।
११. सुकुम्बासीलाई घर जग्गा ः
ज्ञ। आफ्नो निजी स्वामित्वको घर जग्गा नभएका र आर्थिक रूपमा विपन्न परिवारको पहिचान गरी मापदण्डका आधारमा आवास निर्माण गरी बसोबास गराइने छ ।
द्द। लामो समयदेखि जोत, भोग र बसोवास गरेको आधारमा पनि धनिपुर्जा प्राप्त गर्न नसकेका जग्गाविहीन सुकुम्बासीहरूलाई वास्तविक भोगका आधारमा जग्गाधनी पुर्जा उपलब्ध गराइने छ ।
घ। वैज्ञानिक मापदण्ड एवं तथ्यगत आधारमा वास्तविक सुकुम्बासी पहिचान गरी नगर क्षेत्रबाट सदाका लागि सुकुम्वासी समस्याको अन्त्य गरिने छ ।
१२. बिजुलीको उज्यालोमा हाम्रो मेचीनगर
ज्ञ। नगरपालिकाका सम्पूर्ण वडा अन्तर्गतका मुख्य बाटा र सहायक बाटासम्म विद्युत विस्तार गरिने छ ।
द्द। भोल्टेज कम भएका क्षेत्रमा भोल्टेज सुधारका लागि ट्रान्सफर्मरको व्यवस्था गरिने छ ।
घ। नवीकरणीय ऊर्जा (सौर्य ऊर्जा आदि) मार्फत विद्युत विस्तारका लागि नगरपालिकाको तर्फबाट अनुदान सहभागिता जनाइने छ ।
द्ध। नगरका मुख्य सडक तथा बजार क्षेत्रमा सडक बत्तीको व्यवस्था गरिने छ ।
छ। सौर्य ऊर्जा उत्पादनलाई प्राथमिकता दिइने छ ।
१३. प्रविधिसँग जनताको भेट ः घर घरमा इन्टरनेट
ज्ञ। नगरबासीको घर घरमा अप्टिकल फाइबरमार्फत इन्टरनेट सुविधाको पहुँच विस्तारका लागि सहजीकरण गरिने छ ।
द्द। घर घरमा सिटी केवल टिभी जडानका लागि नगरपालिकाको तर्फबाट सहजीकरण गरिने छ ।
घ। सबै नागरिकको पहुँचसम्म टेलिफोन सेवा विस्तार गराइने छ ।
द्ध। प्रारम्भमा बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, धुलाबारी, धाइजन, दुहागढीका न्यूनतम एक एक स्थानमा निःशुल्क वाइफाइ जोन स्थापना गर्दै व्रmमशः नगर क्षेत्रभरि विस्तार गराइने छ ।
छ। नगर स्तरीय एफएम रेडियो र टेलिभिजन सेवा सञ्चालन गरिने छ ।
ट। प्रत्येक नागरिकको व्यक्तिगत अभिलेख डिजिटल प्रविधिमार्फत अद्यावधिक गरिने छ ।
ठ। नगर क्षेत्रभित्रका सम्पूर्ण घरधुरीलाई डिजिटल घर नं मार्फत डिजिटल म्यापिङ र जिपिए प्रणालीसँग ट्रयाकिङ गरिने छ ।
ड। बिजुली, टेलिफोन र खानेपानीको महसुल भुक्तानीलाई डिजिटल प्रविधि प्रयोग गरी युटिलिटी सेवा मार्फत घरघरबाटै रकम सङ्कलन गर्ने व्यवस्थाका लागि सहजीकरण गरिने छ । सो सेवा उपलब्ध नहुँदासम्म प्रत्येक वडामा महसुल सङ्कलन काउन्टरको व्यवस्था मिलाइने छ ।
ढ। मालपोत, नापी, भूमिसुधार एवं नागरिकतासँग सम्बन्धित नागरिकका सम्पूर्ण अभिलेखलाई डिजिटल प्रणालीबाट सुरक्षित र व्यवस्थित गर्दै जनतालाई झन्झटबाट मुक्त सेवा प्रदान गरिने छ ।
१४. सांस्कृतिक विविधतामा नगरवासीको एकता ः
ज्ञ। नगर क्षेत्रभित्रका मठमन्दिर, गुम्बा, साकेला थान, ग्राम थान, भुमेथान, चर्च, मस्जिद लगायतका सांस्कृतिक एवं धार्मिक आस्थाका केन्द्रहरूको संरक्षण, संवद्र्धन र स्तर उन्नति गरिने छ ।
द्द। मेचे, किसान, धिमाल, सन्थाल, मुण्डा, उराव, मालपाडे, मलाह, पाहन, कलर, खडिया, राजवंशी, थारु, चौधरी, दनुवार लगायतका आदिवासी एवं साद्री भाषीहरूको सांस्कृतिक पहिचान संरक्षणका लागि विशेष कार्यव्रmम सञ्चालन गरिने छ ।
घ। नेवार, राई, लिम्बु, गुरुङ, तामाङ, शेर्पा, मगर, सुनुवार लगायतका जनजातिहरूको सांस्कृतिक पहिचानको संरक्षणका लागि विशेष कार्यव्रmम सञ्चालन गरिने छ ।
द्ध। हिन्दु, बौद्ध, किरात, मुस्लिम, क्रिस्चियन लगायतका सबै धार्मिक समुदायको साझा फूलबारीको रूपमा मेचीनगरलाई विकसित गरिने छ ।
छ। जातीय संस्कारमा आधारित नगर क्षेत्रभित्रका दाह संस्कार क्षेत्र तथा समाधि स्थलहरूको व्यवस्थापन र स्तर उन्नतिसहित सम्भाव्यताका आधारमा श्रद्धाञ्जली पार्क निर्माण गरिने छ ।
१५. विकास, अनुशासन र सिर्जनशिलता ः खेलकुदको विकासमा एमालेको प्रतिवद्धता
ज्ञ। बहुउद्देश्यीय कवर्ड हलसहित नगर स्तरीय रङगशाला निर्माण गरिने छ ।
द्द। प्रत्येक वडामा व्यायामशाला र मेडिटेसन सेन्टर निर्माण गरिने छ ।
घ। फुटबल, व्रिmकेट, भलिबल, ब्याडमिन्टन, सितेरियो कराते लगायतका विधालाई समेटेर नगर स्तरीय खेलकुद एकाडेमी सञ्चालन गरिने छ ।
द्ध। मेचीनगरबाट राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडीहरूलाई मासिक भत्ताको व्यवस्था गरिने छ ।
छ। मेचीनगरबाट अन्तर्राष्ट्रिय स्तरको औपचारिक प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई मासिक भत्ताको व्यवस्था गरिने छ ।
ट। प्रत्येक वडामा वडा स्तरीय खेल मैदान निर्माण गरिने छ ।
ठ। प्रत्येक विद्यालयमा मापदण्ड अनुुुसारको खेल मैदानसहित खेलकुदका गतिविधिलाई अनिवार्य गराइने छ ।
१६. हाम्रो प्रतिबद्धता ः नगर प्रशासनमा सुशासन र पारदर्शिता ः
ज्ञ। जनसेवामा समर्पित संस्कारयुक्त कर्मचारी प्रशासनको विकास गरिने छ ।
द्द। सम्पूर्ण आर्थिक कारोबार र सामाजिक व्रिmयाकलापको जनतामा नियमित जानकारी गराउने व्यवस्था मिलाइने छ ।
घ। गल्ती गर्नेलाई कानुनद्वारा दण्ड सजायसहित विधिको शासनमा जोड दिइने छ ।
द्ध। नगरपालिकाद्वारा गरिने विकास निर्माण र सामाजिक गतिविधिको निगरानी र अनुगमनका लागि जनस्तरबाटै प्रत्येक क्षेत्र र विषयका लागि छुट्टा छुट्टै सार्वजानिक लेखा परीक्षणको व्यवस्था मिलाइने छ ।
१७. हरियालीको सहर ः मेरो मेचीनगर
ज्ञ। मुख्य सडक र सहायक सडकको दुवैतर्फ अनिवार्य वृक्षरोपण कार्यव्रmम सञ्चालन गरिने छ ।
द्द। नदी किनार, नदी उकास क्षेत्र र ऐलानी पर्ती (सार्वजनिक) जग्गामा वृक्षरोपण कार्यव्रmम सञ्चालन गरिने छ ।
घ। व्यक्तिसँग भएको जग्गाको क्षेत्रफलको अनुपातमा अनिवार्य वृक्षरोपण कार्यव्रmम सञ्चालन गरिने छ ।
द्ध। नगरपालिकाको स्वामित्वमा रहेका क्षेत्र र जग्गाहरूमा समेत अनुपात निर्धारण गरी वृक्षरोपण कार्यव्रmम सञ्चालन गरिने छ ।
छ। प्रत्येक घर, आँगन तथा कौसीमा फूलबारी बनाउने नीति लागु गराइने छ ।
१८. भू—उपयोग नीति ः
ज्ञ। कृषियोग्य जमिन पहिचान गरी कृषि उपजको प्रकृतिका आधारमा कृषि उपज पकेट क्षेत्र निर्धारण गरिने छ ।
द्द। उत्पादन योग्य जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गरिने छ ।
घ। सम्भाव्यताका आधारमा जग्गा विकास योजना लागु गरिने छ ।
द्ध। जमिनको विशेषता र उपयोगिताका आधारमा कृषि योग्य, बसोवास योग्य, सहरीकरण योग्य, औद्योगिक क्षेत्र योग्य, सिमसार तथा वन संरक्षण योग्य जस्ता विभिन्न भागमा जमिनलाई वर्गीकरण गरी सोही अनुरूप जग्गा विकास गुरुयोजना बनाई लागु गरिने छ।
छ। कृषियोग्य जमिनको अव्यवस्थित प्लटिङलाई नियन्त्रण गर्दै मापदण्डबमोजिम बाटो, नाला, पानी, बिजुली, सार्वजनिक स्थलको व्यवस्थासहित जग्गा विकास योजनालाई प्राथमिकता दिइने छ ।
१९. राष्ट्रिय आवास कम्पनीसँगको जग्गा स्वामित्व विवाद समाधान ः
राष्ट्रिय आवास कम्पनी (साविक ग्रामीण आवास कम्पनी) बाट मेचीनगर नगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्न बाँकी रहेको काँकरभिट्टा क्षेत्रका वडा कार्यालय, काँकरभिट्टा माविको खेल मैदान, क्याम्पस, विद्यालय, शिवालय मन्दिर क्षेत्र, बस पार्क, देवकोटा पार्क, मिनी मार्केट, वारुण यन्त्रका लागि छुट्याइएको जग्गा, बिपी—पुष्पलाल बाटिका तथा सहिद स्मृति पार्क लगायतका क्षेत्रको जग्गाको स्वामित्व सम्बन्धमा बिगतमा भएको सम्झौता कार्यान्वयनकालागि पहिलो प्राथमिकतामा राखि कार्य गरिने छ ।
२०. विदेशी नगरपालिकाहरू सँगको भगिनी सम्बन्ध विस्तार ः
भौतिक पूर्वाधारसहित नगरको समग्र विकासका लागि विभिन्न देशका नगरपालिकाहरूसँग भगिनी सम्बन्ध स्थापना र विस्तारलाई प्राथमिकता दिइने छ ।
२१. वडा स्तरीय प्रतिवद्धतामा नगरको ऐक्यवद्धता
वडा स्तरीय योजना एवं परियोजनासँग सम्बन्धित भएर प्रत्येक वडाबाट प्रस्ताव र प्रतिबद्धता जनाइएका योजनाहरूप्रति ऐक्यबद्धता जनाउँदै कार्यान्वयन प्रव्रिmया अगाडि बढाइने छ ।
अन्त्यमा,
हाम्रो पार्टी नेकपा एमालेको तर्फबाट मेचीनगरको समृद्धि र योजनावद्ध विकासका लागि अगाडि सारिएका मार्गचित्र र कार्यव्रmम एवम् योजनाहरू कोरा कल्पना र आश्वासन मात्र नभई सम्वद्ध क्षेत्रका विशेषज्ञहरूसँग गरिएको गहन छलफल एवम् अधिकार सम्पन्न स्थानीय तहको स्रोत परिचालनको अनुमानित आँकडालाई सूक्ष्म विश्लेषण गरेर तयार गरिएको हुँदा एमालेको नेतृत्वमा उपरोक्त मार्गचित्र र सोसँग सम्बन्धित योजनाहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रण गर्दछौँ ।
अतः नेकपा एमालेले मेचीनगरलाई समृद्ध बनाउन सङ्कल्प गरेको मार्गचित्रलाई अध्ययन गरेर आफ्नो विवेकको मत एमालेको सूर्य चिन्हमा छाप लगाई पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउनुहुन सम्पूर्ण नगरबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ ।
२०७४ जेठ












निर्वाचनका समयमा आउने गरेका घोषणा पत्र र संकल्प पत्रको मार्गलाई उनीहरुले आत्मसात गरेर अघि बड्दैछन् या हिजो गरिएका मतदातासँगका वाचा र प्रतिबद्धतालाई एकातिर पन्छयाएर आफ्नै धुनमा हिडिरेकाछन् आम नगरवासीले एक पटक हिजो आफुसँग मत माग्न आउँदा राजनीतिकदलले आफुलाई छोडेर गएका घोषणा पत्र र संकल्प पत्रलाई एक पटक स्मरण गर्ने बेला भएको छ । आज हामीले स्थानियतह २०७४ मा नेपाली काँग्रेस र तत्कालिन एमाले पार्टीले मेचीनगरका मतदातालाई देखाएको बिकास र समृद्धिको आफ्नो मार्ग चित्र अर्थात घोषणा पत्रलाई यहाँ प्रस्तुत गरेकाछौँ ।
स्थानियतहको निर्वाचन सम्पन्न भएको आजका मिति सम्म आफैले घोषणा गरेका कामहरु मेचीनगरका जनप्रतिनिधिले कति पुरा गरे र त्यसलाई पुरा गराउन उनीहरुको पार्टीले कस्तो भुमिका निर्वाह गरेछ भनेर आम नगरवासीलाई एक पटक स्मरणका लागि काँग्रेस र एमालेका घोषणा पत्र प्रस्तुत गरेकाछौँ ।



